अपराह्नपछि पहाडका केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही भूभागमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।पश्चिमी वायु सँगै स्थानीय वायुको समेत प्रभाव रहेकाले पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली भई अपराह्नपछि मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्को भनाई छ ।
मौसमविद्काअनुसार पश्चिमी वायु कमजोर रहेकाले ठूलो पानी पर्ने सम्भावना भने छैन । अझै दुई–तीन दिन देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको जनाईएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव दुई डिग्री र अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम दुई दशमलव सात डिग्री र सबैभन्दा धेरै भैरवाको अधिकतम तापक्रम ३६ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ## मेघगर्जनसहित वर्षाको सम्भावना, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्