बालबालिकाले दिए प्रधानमन्त्रीलाई लिखित सुझाव
काठमाडौं ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अगुवाइमा तयार हुने बालबालिकासम्बन्धी १० वर्षे राष्ट्रिय कार्ययोजना तथा नीति निर्माणका लागि बालबालिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।
कन्सोर्टियम नेपालको नेतृत्वमा चैत ७ र ८ गते काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलामा सहभागी बालबालिकाहरुले तयार गरेका सुझाव प्रधानमन्त्री ओली र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमार महतोलाई दिएका हुन् ।जागृति बाल तथा युवा सरोकार नेपाल, बाल विकास समाज, मानवअधिकार मञ्च, कालिका स्वावलम्बन सामाजिक केन्द्र, सिविन नेपाल, शुभ अवसर ग्राम नेपालको सहआयोजना, बाल अधिकारसँग सम्बन्धित १७ वटा राष्ट्रिय सञ्जालहरुको ऐक्यबद्धता तथा १४ वटा विकास साझेदार संस्थाहरुको सहयोगमा आयोजित कार्यक्रमको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले गरेकी थिइन् ।
राष्ट्रिय बाल अधिकार परिषद्को सल्लाह, सुझाव र परामर्शमा सातै प्रदेशका ६० जिल्लाका १३८ जना बालबालिकासँग परामर्श पश्चात् यस राष्ट्रिय भेलाको आयोजना गरिएको कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले जानकारी दिए ।
प्रधानमन्त्री तथा माननीय मन्त्रीबाट नै बालबालिकाहरुले दिएको सुझावमा प्रत्यक्ष सहभागी भई चासो व्यक्त गर्नु र कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गर्नु सुखद् र खुशीको कुरा भएको राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले बताए ।
स्रोत,अनलाइन खबर.कम
क्याटेगोरी : समाचार
ट्याग : ## ho, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्