दुर्घटनामा दिवङ्गत भोलाराम शर्माका परिवारलाई मेगा बैंकले दियो ७ लाख रूपैयाँ
सीता पौडेल
काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट होल्डर रहेका दिवङ्गत भोलाराम शर्माको परिवारलाई बीमा रकमा स्वरुप ७ लाख रूपैयाँ प्रदान गरेको छ । दिवङ्गत शर्मा नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्र, कुश्मा शाखामा कार्यरत थिए ।
शर्माको विद्युत् लाइन मर्मतका क्रममा २०७७ भदौ २९ गते देहावसान भएको थियो ।
मेगा बैंक गण्डकी प्रदेश प्रमुख ज्ञानेन्द्र पन्त, कुश्मा शाखाका प्रबन्धक केशव आचार्य लगायतले दिवंगत शर्माकी पत्नी यामकला ढकाललाई बीमाबापतको रकम हस्तान्तरण गरेका थिए । पतिको मृत्युपश्चात बैंकले प्रदान गरेको बीमा रकमले परिवारको भरणपोषणमा निकै ठूलो सहयोग पुग्ने भन्दै दिवङ्गत शर्माकी पत्नी यामकलाले मेगा बैंकलाई धन्यवाद दिएकी छन् ।
त्यस्तै कालीगण्डकी एकेडेमीका प्रिन्सिपल एवं गुप्तेश्वर बहुमुखी क्याम्पस पर्वतका सञ्चालक समितिका अध्यक्ष बसन्तकुमार कर्माचार्य, जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन आचार्य, नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराई लगायतले मेगा बैंकले गरको यस कार्यको खुलेर प्रसंशा गरे ।
न्यूनतम १ हजार रूपैयाँ मौज्दातमा खाता खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रूपैयाँको दुर्घटना बीमा गरिदिएको मेगा बैंकका सीइओ अनुपमा खुञ्जेलीले बताइन् । बैंकले यस प्रकारको खाता खोल्ने सेवाग्राहीहरूलाई बिरामी खर्चस्वरुप ५० हजार रूपैयाँसम्मको व्यवस्था गरेको बैंकका सीइओ खुञ्जेलीको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मेगा बैंक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्