एक हजार ५ सय ५० कर्मचारीलाई स्वत बढुवा,महानगरलाई ३० लाख ५० हजारको आर्थिक भार
सीता पौडेल, काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कार्यरत एक हजार ५५० कर्मचारीलाई एक तहमाथिको पदमा स्वत बढुवा गरिएको छ । योसँग महानगरलाई ३० लाख ५० हजार बराबरको आर्थिक भार थपिएको नगरपालिकाले जनाएको छ ।
यही फाल्गुन ४ गते बसेको कामपाको विशेष नगरसभाबाट पारित भएको ’काठमाडौँ महानगरपालिका कर्मचारी समायोजन ऐन– २०७७’ बमोजिम सबै तहका स्थायी कर्मचारीको तह बढुवा गरिएको नगरपालिकाको स्रोतले बताएको छ ।
समायोजनामा पर्ने अधिकृतस्तरदेखि माथिका सबै कर्मचारीलाई मङ्गलबार एक तहमाथिको पदमा बढुवा गरिएको प्रमाणपत्र समेत प्रदान गरिएको छ । समायोजन ऐनअनुसार यसरी समायोजन गर्दा जुन–जुन पदमा कार्यरत कर्मचारी हो सोही पदबाट एक पदमाथिको स्तरमा बढुवा गरिएको हो ।
बढुवा भएका कर्मचारीलाई राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरि प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ऐनमार्फत कर्मचारीको पदोन्नतिको लाभ सेवाग्राहीले महसुस गर्नुपर्ने र चुस्त, दुरुस्त र इमान्दार सेवा तवरले सेवा प्रवाहा गर्नु पर्ने आवश्यकता औंल्याउनु भयो ।
कार्यक्रममा प्रमुख शाक्यले भन्नुभयो ,‘ समायोजन ऐनबाट लाभ नपाएका कर्मचारी पनि हुनुहुन्छ । स्थायी कर्मचारी जागिर केही हुँदैन भन्ने मानसिकतामा रहेको र करार सेवामा भएका कर्मचारी म्याद नथपिएला कि भन्ने डरले काममा घोटिएको पनि देखेको छु । उहाँहरूको भावनामा चोट नपुगोस् भनेर हामीले आउँदा दिनमा थप सचेत बन्नुपर्ने छ ।’
कार्यक्रममा महानगर उप –प्रमुख हरिप्रभा खड्गीले कर्मचारीको भावना सम्बोधन भएसँगै आगामी दिनमा कर्मचारीको काँधमा जिम्मेवारी झन थपिएको हुनाले महानगरका हरेक तहका काम कारबाहिबाट सेवाग्राहीले सहज र सरल ढङ्गले सेवा पाउने छन् भन्ने कुरामा आफू विश्वस्त रहेको बताउनु भयो ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : ##कर्मचारी बढुवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्