सरकारी उच्चस्तरीय टोलीद्वारा अरुण-३ जलविद्युत परियोजना निरीक्षण ( फोटोफिचर )
संखुवासभा, फागुन २० – नेपाल सरकारका विभिन्न मन्त्रालयका ५ सचिवले संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधिन ९ सय मेगावाटको अरुण तेश्रो आयोजनाको स्थलगत अवलोकन गरेका छन् । बुधबार सेनाको हेलिकप्टरबाट बाध निर्माण स्थल फ्क्सिन्दा र पावरहाउस निर्माण स्थल दिदिङको पुखुवा पुगेर उनीहरुले अरुण तेश्रोको पछिल्लो अवश्थाका बारेमा जानकारी लिएका हन् ।
गृह सचिव महेश्वर न्यौपाने, उर्जा सचिव दिनेशकुमार घिमिरे, परराष्ट सचिव भरतराज पौड्याल, अर्थ सचिव शिशिरकुमार ढुंगाना, रक्षा सचिव रेश्मिराज पाण्डे र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशिल भट्टको टोलीले अरुण तेश्रोको स्थलगत अवलोकन गरेका हुन् । उनीहरुले भारनिय निर्माण कम्पनी सतलज जलविद्युत निगमले पछिल्लो पटक निर्माणको जिम्मा पाएको तल्लो अरुणको पनि अवलोकन गरेका थिए ।
अरुण ३ पावर डेभलपमेन्ट कम्पनीका सिईओ अरुण धिमानले विद्युत गृह स्थल पुखुवामा निर्माण भइरहेको सुरुङमार्ग र पावरहाउसका लागि निर्माण हुन लागेको अन्डरग्राउण्ड भवनका बारेमा जानकारी गराए । उनले तोकिएकै समयमा विद्युत उत्पादन गर्ने पनि बताए ।
गृह सचिव महेश्वर न्यौपानेले आयोजना निर्माणमा कसैले अवरोध गर्नु नहुँने बताए । अरुण तेश्रोका लागि सेना, प्रहरी र ससस्त्रले सुरक्षा दिइसकेको पनि बताए । स्थानीय स्तरमा देखिएको समस्यालाई लगानी बोर्ड मार्फत सभाधान गर्ने छौ, उनले भने, स्थानीयको माग गाउँपालिका मार्फत लगानीबोर्डमा आए छिट्टै समाधान हुन्छ ।
चिचिला गाउँपालिकाको छ्याङकुटीदेखि दिदिङस्थित पावरहाउससम्म जाने सडक एसजेभीएन कम्पनीले निर्माण गरिसकेको छ । छ्याङकुटीदेखि चिचिला–३ पुखुवास्थित दिदिङसम्मको २८ दशमलब ६९ किलोमिटरको सडक निर्माण सम्पन्न भएको छ । परियोजनाको २०७४ वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका थिए । बाँधस्थलमा जयप्रकाश एसोसियट्स निर्माण कम्पनी तथा विद्युत–गृहस्थल क्षेत्रमा पटेल इन्जिनियरिङ कन्सल्टेन्टले ठेक्का लिएर काम गरिरहेका छन् ।
क्याटेगोरी : फोटो फिचर, विशेष, समाचार
ट्याग : #अरुण तेश्रो, #अर्थ मन्त्रालय, #उर्जा मन्त्रालय, #गृहमन्त्रालय, #नेपाल लगानी बोर्ड, #परराष्ट्र मन्त्रालय
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ६काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ७मेयर बालेन साहले प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोके
- ८कान्ति अस्पतालको दर्दनाक घटना, यतिसम्म हुन्छ लापरबाही !
तपाईको कमेन्ट लेख्नुहोस्