स्याङ्गजामा दुईवटा सडक कालोपत्रे गर्ने कार्यको शुभारम्भ

स्याङ्गजा । स्याङ्गजा जिल्लाको वालिङ्ग हुँदै सेतीवेणी र गल्याङ्ग हुँदै सेतीवेणी जोड्ने दुई सडक खण्ड कालो पत्रे गर्ने कार्यको शुभारम्भ भएको छ ।
माननीय कृर्षि तथा पशुपन्छी विकास मन्त्री पद्ममा कुमारी अर्यालले आइतबार यी दुबै सडकको कालोपत्रे गर्ने कार्यको सिलान्यास गर्नु भएको हो । मन्त्री अर्यालको पहलमा अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाले खरिद प्रकृया र निर्माण कार्य अगाडि बढाउन सहमति समेत गरिसकेको छ ।
यस अघि नै सेतीवेनी–पेलाकोट–गल्याङ–चापाकोट–डण्डा–नवलपुर सडक (वैकल्पिक राजमार्ग) का लागि १५ करोड र जगत भञ्जाङ–मण्डीथान –केवरे भन्ज्याङ–बारीकुना–किसान–चापाकोट–गजरकोट सडक स्याङ्जा का लागि २० करोड विनियोजन भएकोमा स्तरोन्नतिका लागि थप १५ करोडको सीमाभित्र रही निर्माण कार्य अघि बढाउने योजना रहेको जनाइएको छ ।
साथै आगामी वर्षको सिलिङभित्र बजेट प्रस्ताव गर्ने गरी अर्थ मन्त्रालयले सहमति प्रदान गरेको मन्त्री अर्यालले जानकारि दिनुभयो।
क्याटेगोरी : समाचार
ट्याग : ## स्याङ्गजा, #सडक कालोपत्रे
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्