प्रधानमन्त्री ओलीले सत्तामा पुगेर जनता र समाजबाद बिर्सिए : नेकपा नेता नेपाल
दाहाल समुहको नेकपा संखुवासभाको बृहत जनसभा ( फोटो फिचर )
दाहाल समुह नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले सिंगो देशलाई आगो लगाएको आरोप लगाएका छन् ।
उँहाले आगो लगाउने अधिकार प्रधानमन्त्रीलाई नभएको दाबी गरे । दाहाल समुहको नेकपा संखुवासभाले शनिबार खाँदबारीमा गरेको जनसभालाई सम्बोधन गर्दै नेपालले जनता र समाजवाद सत्तामा पुगेर ओलीले बिर्सिएर मनपरी गर्न थालेको बताए । नेपालले ओलीले प्रधानमन्त्रीको गरिमा राख्न नसकी धज्जी उडाएको पनि बताए ।

ओलीको गफ र उखानटुक्काले मात्रै देश चल्न नसक्ने बताउँदै उनलाई ‘हिटलर’ को उपमा दिनुभयो । नेता नेपालले स्थिरताबाट देश बचाउन आफूहरू सडकमा आउनुपरेको उल्लेख गरे । उनले आफूलाई सर्वोच्च अदालत र निर्वाचन आयोगमाथि पूरै विश्वास रहेको बताए । प्रतिनिधिसभा विघटन गर्ने ओलीको निर्णयलाई सच्याउन सडक आन्दोलन र शक्ति प्रदर्शन नै उपयुक्त विकल्प ठानेको नेकपाले त्यसैलाई जोड दिएको पनि नेपालले बताउनुभयो ।

जनसभालाई सम्बोधन गर्दै नेकपाका अर्का नेता बर्षमान पुनले पार्टी, सरकार र जनमतमा तिरस्कृत भएपछि ओलीले राष्ट्रिय राजनीतिको धुरीमा आगो लगाएको टिप्पणी गरे। पुनले हुँदा हुँदैको दुई तिहाइ मासेर दुई तिहाइका लागि प्रतिनिधिसभा भंग गरेको भन्नु लज्जाको विषय भएको उल्लेख गरे । उनले सर्वोच्च अदातलको निर्णय पर्खेर बसेको बताए । सभालाई रामकुमारी झाक्री, राम कार्की, परशुराम मेघी गुरुङ लगायतले सम्बोधन गरेका थिए ।

क्याटेगोरी : फोटो फिचर, समाचार
ट्याग : #नेकपा संखुवासभा, #माधब कुमार नेपाल, #माधब प्रचण्ड पक्षको कार्यकर्ता भेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्