धादिङको निलकण्ठ–९ पाल्पा भञ्ज्याङमा बस पल्टियो , आठ जना घाइते , एकको अवस्था गम्भीर
धादिङ। धादिङको नीलकण्ठ नगरपालिका वडा नं ९ को पाल्पा भञ्ज्याङमा बस पल्टिँदा ८ जना घाइते भएका छन्।
ज्वालामुखी गाउँपालिकाको सुनखानीबाट काठमाडौँका लागि छुटेको बा ४ ख ४१५२ नम्बरको बस बिहीबार अपराहृन ११ बजेतिर अनियन्त्रित भई बीच सडकमै पल्टिएको र दुर्घटनामा ८ जना यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ।
घाइते हुनेहरूमा ज्वालामुखी–७ की ८४ वर्षीय हरिमाया गुरुङ, ज्वालामुखी–६ का २२ वर्षीय विकास श्रेष्ठ, सोही स्थानका २२ वर्षीय रिदम नगरकोटी, ५६ वर्षीय यम श्रेष्ठ, ३७ वर्षीया लक्ष्मी गुरुङ, १५ वर्षीय अनन्य लिम्बु , नीलकण्ठ–११ की १७ वर्षीया सीमा मानन्धर र सोही स्थानकी ४३ वर्षीय सीता मानन्धर रहेको धादिङ प्रहरीले जानकारी दिएको छ।
घाइतेमध्ये ज्वालामुखी–६ का २२ वर्षीय रिदम नगरकोटीलाई थप उपचारको लागि काठमाडौँस्थित ट्रमा सेन्टरमा लगिएको र अन्य घाइतेहरूको भने धादिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।
क्याटेगोरी : समाचार
ट्याग : ##धादिङ, #hot, #बस दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्