रामकुमारी झाँक्रीलाई अविलम्ब रिहा गर्न माग
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विघटित प्रतिनिधिसभा सदस्य तथा पार्टीका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेको छ । झाँक्रीले राज्यविरुद्धको अपराध गरेको जनाउँदै प्रहरीले आज अपराह्न उहाँको निवासबाटै पक्राउ गरेको थियो ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गरी लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन नसक्ने जनाउनुभएको छ ।
उहाँले राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसूर देख्नु स्वेच्छाचारिता भएको टिप्पणी गर्नुभयो । झाँक्रीको गिरफ्तारीले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाएको प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले देशका विभिन्न स्थानमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा झाँक्रीले राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिनुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रामकुमारी झाँक्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्