आज काठमाडौँमा ‘बृहत् सभा’ सहित शक्ति प्रदर्शन , १३ स्थानबाट जुलुस, १४ वटा नारा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा ‘बृहत् सभा’ सहित शक्ति प्रदर्शन गर्दैछ । यसका लागि विभिन्न १३ स्थानबाट जुलुसको तयारी भइरहेको छ । जुलुसमा लाग्ने नारा पनि १४ वटा तय भएको आयोजकले जानकारी दिएका छन् ।
“अराजकताको अन्त्य, राजनीतिक स्थिरता, संविधानको रक्षा, राष्ट्रिय स्वाधिनता, ताजा जनादेश, विकासको निरन्तरता !” भन्ने मूल ब्यानरमा विभिन्न नारा तय भएका छन् ।
नेकपा बागमती प्रदेश सङ्गठन अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा २ लाखभन्दा बढी मानिस सहभागी हुने बताउनुभयो । सांस्कृतिक राष्ट्रवादका कुरा सुन्न मन पराउने, राष्ट्रियताको जगेर्ना गर्नुपर्छ भन्नेहरू र विकासप्रेमी मानिसहरू प्रधानमन्त्री ओलीलाई सुन्न आमसभामा सहभागी हुँदैछन्, त्यस्ता मानिसहरूको संख्या कम्तीमा दुई लाख हुनेछ,’ पोखरेलले भन्नुभयो ।
सभामा बागमती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक सहभागी हुनेछन् । सभा सम्पन्न गर्न पार्टी काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ।
मध्याह्न १२ बजेदेखि हुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
सभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलुस निकालिने जनाइएको छ। जुलुस तथा सभा व्यवस्थापनका लागि २ हजार स्वयम सेवक खटाइएको पोखरेलले बताउनुभयो ।
पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि सत्तारूढ दल आगामी वैशाख १७ र २७ मा घोषित मध्यावधि चुनावलाई केन्द्रित गर्दै शक्ति प्रदर्शनमा उत्रिएको छ ।
२ लाख सहभागी अटाउनका लागि नारायणहिटी दरबार सामुन्नेको वारपारैको क्षेत्र रोजिएको आयोजकले जनाएका छन् ।
यस्तो छ जुलुसको रुट
मंगलबार सार्वजनिक गरिएको रुटअनुसार बागबजारबाट सम्पूर्ण सम्पर्क मञ्चका सहभागी, प्रदर्शनीमार्गबाट युवा,विद्यार्थी,खेलकुद महासंघ र प्रेस संगठन लगायत, पेशागत संगठनहरुको जुलुस निस्कनेछ ।
महेन्द्र सालिकबाट पूर्व जनजाति महासंघका घटक संगठन, घण्टाघरमा मुस्लिम समुदायका सहभागी तथा सुन्धारा क्षेत्रबाट ललितपुर जिल्लाका सहभागीहरुको जुलुस निस्कनेछ ।
त्यस्तै त्रिपुरेश्वरबाट चितवन, धादिङ र सोही बाटो भएर आउने सबै सहभागी, गौशालाबाट भक्तपुर, माइतीघरबाट दोलखा,रामेछाप, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली जिल्लाबाट आउनेहरुको जुलुस निस्कनेछ ।
पुतलीसडकबाट सम्पूर्ण जनवर्गीय संगठन, लैनचौरबाट नुवाकोट, रसुवाका सहभागी, सोह्रखुट्टे नयाँ रोडबाट मकवानपुर, भीमफेदीको बाटोबाट आउनेका लागि तोकिएको छ ।
टेकुबाट निर्वाचन क्षेत्र नम्बर ९ र १०, वसन्तपुरबाट निर्वाचन क्षेत्र नम्बर ८, सोहखुट्टेबाट निर्वाचन क्षेत्र नम्बर ६ र ७,ज्ञानेश्वरबाट निर्वाचन क्षेत्र नम्बर ३, ४ र ५ तथा पुरानो बानेश्वरबाट निर्वाचन क्षेत्र नम्बर १, २ का जुलुस निस्कने गरी ठाउँ तोकिएको छ ।
आजको ब्यानर र नारा यस्ता छन्-
“अराजकताको अन्त्य, राजनीतिक स्थिरता, संविधानको रक्षा, राष्ट्रिय स्वाधिनता, ताजा जनादेश, विकासको निरन्तरता !”
नेपाल कम्युनिष्ट पार्टी : जिन्दाबाद, जिन्दाबाद
माक्र्सवाद, लेनिनवाद : जिन्दाबाद, जिन्दाबाद
नेपाली जनता के भन्छनः समाजबाद ले भन्छन्
के. पी. ओली राम्रो हो: सूर्य चिन्ह् हाम्रो हो
कम्युनिष्ट आन्दोलनको रक्षा गरौं : विर्षजनवाद र अवसरवादको बिरोध गरौं
राष्ट्रिय स्वाधिनताको : रक्षा गरौं, रक्षा गरौ
विदेशी सेना फिता गरौंः राष्ट्रिय स्वाधिनताको रक्षा गरौं
नेपाली जनता के भन्छन् : के.पी ओली ले भन्छन्
आज होइन भोलीलाई : १० वर्ष ओलीलाई
जनता हामी जाग्दैछौं : निर्वाचनमा लाग्दैछौं
लोकतान्त्रीक गणतन्त्र : जिन्दाबाद, जिन्दाबाद ।
उग्रवामपन्थी र दक्षिणपन्थीकोः विरोध गरौं, विरोध गरौ
संवृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा : पूरा गर्छौ, पूरा गर्छौं ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्