नेपाल कला, साहित्य संगीतमा पहिलेदेखि नै समृद्ध छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल परम्परागत अवस्थादेखि नै कला, साहित्य र संगीतमा समृद्ध रहेको बताउनुभएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन बुझ्दै आज उहाँले नेपालले प्राचीनकालमै विभिन्न आविष्कार गरेपनि तिनको दाबी, रक्षा र विकास गर्न नसकेको धारणा व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रतिष्ठानका प्रयासमा सरकारले सक्दो सहयोग गर्ने बचनबद्धता पनि व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल आर्थिक रुपमा विपन्न भएपनि अन्य कुरामा धनी भएको उल्लेख गर्दै सरकारले समृद्धिसँगै सुखी नेपालीको लागि आठ प्रतिशतको उत्पादन वृद्धिको लक्ष्यका साथ विभिन्न योजना अघि बढाएको उल्लेख गर्नुभयो । उहाँले आगामी तीन वर्षमा नेपाल सबैभन्दा बढी आर्थिक वृद्धिदर भएको मुलुक बन्ने दाबी समेत गर्नुभयो ।
प्रधानमन्त्री ओलीलाई प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले आर्थिक वर्ष २०७३÷७४ र २०७४÷७५ वार्षिक प्रतिवेदन बुझाउनु भएको थियो ।
प्रतिष्ठानले आव २०७३÷७४ मा सरकारबाट प्राप्त र आफ्नो आय गरी कूल बजेट १५ करोड खर्च गरी विभिन्न कार्यक्रम कार्यान्वयन गरेको कुलपति उप्रेतीले जानकारी दिनुभयो । प्रतिष्ठानले २१ वटा पुस्तक यस वर्ष प्रकाशन गरेको र थप २९ वटा पुस्तक तयार गरी छपाइका लागि प्रेसमा पठाएको जनाएको छ ।
आव २०७४÷७५ मा १६ करोडको बजेट खर्च गरी प्रतिष्ठानले विभिन्न कार्यक्रम गरेको छ जसमध्ये ४१ वटा अध्ययन–अनुसन्धान र ग्रन्थ लेखनको काम, २८ वटा पुस्तकको प्रकाशन तथा ४४ पुस्तक प्रकाशनका लागि छापाखानामा पठाइएको प्रतिष्ठानको प्रतिवेदनमा उल्लेख छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्