मनाइयो नेपाल–क्यानाडा दौत्य सम्बन्धको वर्षगाँठ

हालै नेपाल–क्यानडामैत्री तथा सांस्कृतिक सङ्घ नेपालले द्विपक्षीय दौत्य सम्बन्धको ५६औँ वर्षगाँठ मनाएको छ । प्रा डा प्रदीपकुमार खड्काको अध्यक्षतामा काठमाडौँमा सम्पन्न कार्यक्रममा नेपाल–क्यानडाबीचको सम्बन्ध र आपसी चासोका विषयमा छलफल भएको सङ्घले जनाएको छ ।
सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेपालको क्यानडालगायत देशसँग व्यापार वाणिज्य विस्तारसम्बन्धी तथा ग्यास सञ्चालनमा सचेतता सम्बन्धबारे जानकारी दिनुभयो । राष्ट्रियसभाका सदस्य कोमल वलीले दुई देशबीचको सम्बन्ध प्रगाढ रहिआएको उल्लेख गर्दै आगामी दिनमा अझै विस्तार भएर जाने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा पूर्वराजदूत शम्भुराम सिंखडालगायत अन्य वक्ताहरूले प्रविधिको विकासले दुई देशहरु भौगोलिकरूपमा जतिसुकै टाढा रहे पनि एक आपसी सम्बन्धमा दूरीले फरक नपार्ने तथा क्यानडामा नेपालीहरूले सुरक्षितरूपमा जीवनयापन गर्न पाएकोप्रति धन्यवाद व्यक्त गरिए गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रमा ख्यातिप्राप्त बुद्धिजीवी, प्राध्यापक, कलाकार, पत्रकारलगायत संस्थाका पदाधिकारीको उपस्थिति थियो । आयोजक संस्थाले वर्षगाँठको अवसरमा दुई देशबीचको सम्बन्ध प्रगाढ होस् भन्ने उद्देश्यले सो संस्थाका उपाध्यक्ष प्रा डा गोपाल पोखरेलले सम्पादन गर्नुभएको ‘सोभेनर’ नामक जर्नलसमेत विमोचन गराएको थियो ।
सो कार्यक्रम सधँै जनवरी १८ तारिखमा मनाउने गरिए पनि यसपटक भने प्राविधिक कारणले जनवरी ३० तारिखमा मात्र मनाइएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाल–क्यानाडा दौत्य सम्बन्ध
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्