डा केसीको नाममा राजनीति नगर्न काँग्रेसलाई सुझाव
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा गोविन्द केसीको अनशनको नाममा राजनीतिकरण नगर्न नेपाली काँग्रेसलाई सुझाव दिनुभएको छ ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “स्वास्थ्य शिक्षा अध्यादेशमा रहेका त्रुटि सच्याउन सरकार प्रतिवद्ध छ ।”
मन्त्री पोखरेलले शिक्षण अस्पताल खोल्न रोक लगाउनु समस्याको समाधान होइन भन्दै मापदण्ड पूरा गरेका शिक्षण अस्पताललाई सम्बन्धन दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।
विगतको सरकारले ल्याएको स्वास्थ्य अध्यादेशमा केही परिस्कृत गरी ल्याउन लागेको विधेयकलाई संसद्मा छलफल गरी पारित गर्नु नै लोकतान्त्रिक पद्धति भएको उल्लेख गर्दै उहाँले वर्तमान सरकारले ल्याउन लागेको चिकित्सा शिक्षा विधेयकले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री पोखरेलले ५० शय्या बराबर एक विद्यार्थी अध्यापन गर्ने स्वास्थ्य शिक्षण संस्थालाई पठनपाठन गर्न अनुमति दिनुपर्छ भन्दै डा केसीको जीवन रक्षाका लागि स्वास्थ्य उपचार गराउन उहाँलाई जुम्लाबाट काठमाडाँै ल्याएको बताउनुभयो ।
डा केसीको उपचारस्थललाई अनशनको थलो नबनाउन पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : ##, #hot, #काँग्रेस, #डा केसी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्