आक्रामक बन्दै गोविन्द केसी समर्थक,३ मन्त्रीका गाडी तोडफोड ,३ दर्जन घाइते
रामेश्वर ढकाल
काठमाडौं– चिकित्सा क्षेत्र सुधारको माग गर्दै २२ दिनदेखि अनसनरत डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन गर्नेहरु आक्रामक रुपमा प्रस्तुत भएका छन् ।
केसी समर्थकले आक्रामक रुपमा प्रदर्शन गरेसँगै सरकारमाथि सुरक्षा चुनौती थपिएको छ ।
कांग्रेसले तरुण दलको आहृवानमा प्रदर्शन गरेको थियो, जसमा प्रमुख सचेतक बालकृष्ण खाँड, राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे लगायत पनि सहभागी थिए ।
माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन विजुलीबजार पुलमा आएपछि मुल सडकमा प्रवेश गर्यो ।
प्रहरीले रोक्न खोजेपछि बानेश्वरमा तनाव देखियो । बानेश्वरको एकातिर डा. गोविन्द केसीका समर्थकहरुको सभा चलिरहेको थियो भने अर्कोतिर कांग्रेसले निषेधाज्ञा तोड्न खोज्यो ।
तस्विर : मोहन अधिकारी
प्रदर्शनका क्रममा तरुण दलका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेसँगै भएको झडपका क्रममा नेपाल प्रहरीका डिएसपी दान बहादुर मल्ल र इन्सपेक्टर खेम नेपाल घाइते भएका छन् ।
तरुण दलका कार्यकर्ताहरु समेत ३ दर्जनको संख्यामा घाइते भएको बताइएको छ ।
दिनहुँजसो माइतीघरमा केसी पक्षधरले प्रदर्शन गर्दै आएको भएपनि शनिबारको प्रदर्शन पृथक रह्यो । शनिवार बानेश्वरमा जसरी नेपाल प्रहरीका डिएसपी सहित १४ प्रहरी घाईते हुनेगरी झडप भयो यस्ता झडप भोलिको दिनमा बढ्न सक्छ । मेडिकल क्षेत्रका विद्यार्थी र नागरिक अगुवाहरु मात्रै नभएर राजनीतिक दलका भातृसंगठन समेत सम्मिलित आन्दोनलमा घुसपैठ नहोला भन्न सकिन्न ।
प्रदर्शनकारीहरुले विभिन्न प्रदेशका तीन जना मन्त्रीले इन्द्रेणी फुडल्याण्डको पार्किङमा राखेको गाडी तोडफोड गरेका छन् ।
प्रदर्शनकारीहरुले प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालको बा २ झ३७६३ नम्बरको गाडी र प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवल किशाोर शाहको बा १ झ ७२३४ नम्बरको गाडीमा तोडफोड गरेका हुन् ।
यस्तै ४ नम्बर प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनको ग१झ२७६ नम्बरको गाडीमा पनि क्षति पुगेको छ । उनीहरुको गाडीको अगाडिको भागको सिसा फुटेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गोविन्द केसी, #प्रदर्शन
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ६काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ७मेयर बालेन साहले प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोके
- ८कान्ति अस्पतालको दर्दनाक घटना, यतिसम्म हुन्छ लापरबाही !
तपाईको कमेन्ट लेख्नुहोस्