पूर्वएमालेको सम्पत्ति कब्जा गर्न प्रचण्डको आँखा

पत्तासाफ भइसकेको तत्कालिन नेकपा माओवादी केन्द्रलाई त्राण दिने काम तत्कालिन एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको गुण विर्सँदै पुष्पकमल दाहाल प्रचण्डले सम्पत्तिमा आँखा गाडेका छन्।
माधवकुमार नेपाललगायतलाई पदको भुलभुलैयामा पारेर एकीकरण भएको नेकपा विभाजन गरेका प्रचण्डले पूर्वएमालेको बल्खुस्थित मुख्यालय भवन कब्जाका लागि झलनाथ खनाल, अमृतकुमार बोहरासम्मलाई लगेका थिए।
ऋणमा चुर्लुम्म डुबेको माओवादीसँग एकीकरण भएको थियो। आर्थिक रुपमा अपारदर्शी रहेका प्रचण्डले अहिले नेपाललाई फकाएर तत्कालिन एमालेको खातामा रहेको रकम रोक्काका लागि पत्राचार गरेको खुलेको छ।
एकीकरणका बेला माओवादी ८ करोड घाटामा थियो भने एमाले १० करोड बढी नाफामा रहेको थियो। बार्षिक आर्थिक अडिट समेत नगराएको माओवादीको हिसाबकिताबमा प्रचण्डको नियतले काम गरेको पूर्वमाओवादीहरू बताउँछन्। ‘रकमका मामलामा प्रचण्ड निक्कै निकृष्ट प्रकारका लोभी हुन्, उनी पार्टीलाई घाटा देखाएर आफ्ना पकेटका ठेकेदारमार्फत लगानी गर्ने मान्छे हुन्’, एक पूर्वमाओवादी नेताले भने,‘अहिले एमालेसँग रहेको रकम देखेपछि यसरी पत्राचार गरेको हुनुपर्छ।’
प्रचण्ड राज्यलाई कसरी आर्थिक रुपमा कमजोर बनाउँछन् भन्ने त सेना समायोजनका नाममा उठाइएको रकमका विषयमा उनैले बोलेको एउटा सार्वजनिक भिडियोले नै प्रष्ट बनाइसकेको छ। त्यसबेला सेनामार्फत सार्वजनिक भएको भिडियोमा उनले रकम ल्याएको बताए पनि त्यसको परिचालन कसरी भयो भन्ने विषयमा पछि जानकारी दिएका छैनन्।
तत्कालिन एमाओवादीभित्र यस विषयमा कठोर हिसाबले प्रश्न उठेपछि अमिक शेरचनको नेतृत्वमा छानबिन समिति गठन त भएको थियो तर प्रचण्ड नै दोषी देखिएपछि उक्त प्रतिवेदनलाई गर्भमै राखियो। पछि शेरचन नै किनारामा पारिए।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
तपाईको कमेन्ट लेख्नुहोस्