पुस पहिलो सातादेखि जनकपुर–जयनगर रेल सेवा सञ्चालन
कात्तिक । सरकारले पुस पहिलो सातादेखि जनकपुर–जयनगर रेल सेवा सञ्चालनको तयारी थालेको छ ।
जनकपुर–जयनगर रेलमार्गमा नियमित रेल सञ्चालनका लागि तयारी अघि बढाइएको हो । गत महिना भारतबाट रेल आएसँगै नियमित सञ्चालनका लागि जनशक्ति व्यवस्थापन, कानून निर्माण, आवश्यक पूर्वाधारलगायतको तयारी भइरहेको बताइएको छ ।
कोभिड–१९ सङ्क्रमणका कारण तत्काल रेल सञ्चालन गर्न नसकिने भए पनि स्थिति सहज हुनासाथ जनशक्ति व्यवस्थापन गरी सञ्चालनका लागि तयारी भइरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
सरकारले सङ्क्रमण नियन्त्रणका लागि सीमामा आवतजावत रोकेकाले हाल अन्तरदेशीय रेल सञ्चान गर्न नसकिने कम्पनीका महाप्रबन्धक गुरु भट्टराईको भनाइ छ ।
तत्कालका लागि देशभित्रै मात्र पनि रेल सञ्चालन गर्न सकिने तर त्यसका लागि जनशक्तिको आवयश्कता परेकाले व्यवस्थापन भइरहेको उनले बताए । व्यवस्थापनको काम सकिन लागेकाले आगामी पुसको पहिलो सातादेखि त्यस क्षेत्रमा रेल सञ्चालन गर्ने गरी छलफल भइरहेको उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जनकपुर–जयनगर रेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्