संखुवासभा कारागारका कैदीबन्दीलाई तरुण दलले दियो खसी उपहार
खाँदबारी । नेपाल तरुण दल संखुवासभाले जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी उपलब्ध गराएको छ । नेपालीहरुको महान चाड बडा दसैंको अवसरमा तरुण दलले १ सय ३० कैदीबन्दीका लागि ३० किलो बराबरको खसी उपलब्ध गराएको हो ।

तरुण दल संखुवासभाका जिल्ला अध्यक्ष टकमान घलेले मंगलबार एक कार्यक्रम बीच कारागारका जेलर बिनोद अधिकारीलाई खसी हस्तान्तरण गर्नुभयो । विभिन्न घटनामा संलग्न भएर कानुन बमोजिम कारबाही भोगिरहे पनि मानवीय संवेदनालाई ख्याल गरेर पर्वका समयमा कैदीबन्दीलाई सम्झिएको तरुण अध्यक्ष घलेले बताउनुभयो ।
खसी उपहार दिन कारागार पुगेका तरुण अध्यक्ष घले, नेपाल पत्रकार महासंघ संखुवासभाका सभापति इन्द्र कुमार गिरी लगायतलाई कैदीबन्दीले आफूले बुनेको ढाकाटोपी उपहार दिएर पठाएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #टकमान घले, #नेपाल तरुण दल संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्