संखुवासभा कारागारका कैदीबन्दीलाई तरुण दलले दियो खसी उपहार
खाँदबारी । नेपाल तरुण दल संखुवासभाले जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी उपलब्ध गराएको छ । नेपालीहरुको महान चाड बडा दसैंको अवसरमा तरुण दलले १ सय ३० कैदीबन्दीका लागि ३० किलो बराबरको खसी उपलब्ध गराएको हो ।

तरुण दल संखुवासभाका जिल्ला अध्यक्ष टकमान घलेले मंगलबार एक कार्यक्रम बीच कारागारका जेलर बिनोद अधिकारीलाई खसी हस्तान्तरण गर्नुभयो । विभिन्न घटनामा संलग्न भएर कानुन बमोजिम कारबाही भोगिरहे पनि मानवीय संवेदनालाई ख्याल गरेर पर्वका समयमा कैदीबन्दीलाई सम्झिएको तरुण अध्यक्ष घलेले बताउनुभयो ।
खसी उपहार दिन कारागार पुगेका तरुण अध्यक्ष घले, नेपाल पत्रकार महासंघ संखुवासभाका सभापति इन्द्र कुमार गिरी लगायतलाई कैदीबन्दीले आफूले बुनेको ढाकाटोपी उपहार दिएर पठाएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #टकमान घले, #नेपाल तरुण दल संखुवासभा
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्