परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता, व्यापारदेखि ऊर्जासम्मका विषयमा छलफल
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस जयशङ्करबीच भारतको राजधानी नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ ।
भेटवार्तामा नेपाल-भारत सम्बन्धका विविध आयामबारे छलफल भएको बताइएको छ । भारतीय विदेशमन्त्री डा. जयशङ्करले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै भेटका क्रममा द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा सहयोग तथा जनस्तरका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको उल्लेख गरेका छन् ।
परराष्ट्रमन्त्री खनाल भारतीय विदेशमन्त्री जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा जेठ २२ देखि २४ गतेसम्मको औपचारिक भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली पुगेका थिए ।
भ्रमणका क्रममा उनले भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेसँग पनि भेटवार्ता गरेका थिए ।
त्यसैगरी, मन्त्री खनालले नयाँ दिल्लीस्थित इण्डिया फाउन्डेसनद्वारा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य तथा साझा विकासका विषयमा धारणा राखेका थिए ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा उच्चस्तरीय संवाद भइरहेको छ । मन्त्री खनाल भ्रमण सम्पन्न गरी जेठ २४ गते स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक, आर्थिक तथा जनस्तरका सम्बन्धलाई अझ सुदृढ बनाउने दिशामा यस भ्रमणलाई महत्वपूर्ण मानिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता, #व्यापारदेखि ऊर्जासम्मका विषयमा छलफल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्