Techie IT
शनिबार, जेठ २३,२०८३

टोखामा माइक्रोबस दुर्घटना, केही यात्रु घाइते


नुवाकोटको दुप्चेश्वरबाट काठमाडौं आउँदै गरेको इभी माइक्रोबस (बा प्र ००१ ज ०१२६) आज टोखा क्षेत्रमा दुर्घटनामा परेको छ।

प्राप्त जानकारीअनुसार, बाटोमा आएको मोटरसाइकललाई जोगाउने प्रयासमा माइक्रोबस अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको कारसँग ठोक्किएको हो। दुर्घटनामा माइक्रोबसमा सवार केही यात्रु घाइते भएका छन्।
घाइतेहरूको उपचार भइरहेको बताइएको छ भने दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।


क्याटेगोरी : समाचार
ट्याग : #केही यात्रु घाइते, #टोखामा माइक्रोबस दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्