नेपालमा आज ३ जना कोरोना संक्रमितको मृत्यु
नेपालमा कोरोनाभाईरसको कारण आजबिहानदेखि ३ जना संक्रमितको मृत्यु भैसकेको छ। मृत्यु हुनेहरुमा बुटवल का ८० वर्षीय एक पुरुष, सुनसरीका ५६ बर्षिय पुरुष र रौतहटका अर्का पुरुष हुन।
बुधबार अस्पताल भर्ना भएका बुटवल उपमहानगरपालिका वडा नंं ८ का ८० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो । रक्तचापका बिरामी रहेका उनको कोरोना बिषेश अस्थायी अस्पतालमा मृत्यु भएको हो।
मृत्यु हुने अर्का रौतहटको ईशनाथ नगरपालिका–४ बस्ने ७४ वर्षीय पुरुष हुन भने मुटु रोगीसमेत रहेका उनको नारायणी अस्थायी कोरोना अस्पताल बिरगंजमा मृत्यु भएको हो।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत अर्का कोरोना संक्रमित ५६ वर्षीय पुरुषको गएराति पौने १० बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो।
क्याटेगोरी : समाचार
ट्याग : #corona update
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्