हिरासतभित्रै आत्महत्याको प्रयास गरेका वाइबाको मृत्यु
मकवानपुर । मकवानपुरमा हिरासतभित्रै आत्महत्याको प्रयास गर्ने एक अभियुक्तको उपचारका क्रममा ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बकैयाँ गाउँपालिका–६, गडुवानमा भदौ १४ गतेदेखि हराइरहेका एक बालकको हत्यामा संलग्न रहेका सोही ठाउँका २९ वर्षीया सुवास वाईबाको उपचारका क्रम्मा मृत्यु भएको हो ।

प्रहरी स्रोतका अनुसार हिरासतभित्रै रहेको शौचालयमा आत्महत्या प्रयास गरिएका वाईबाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारका क्रम्मा मृत्यु भएको जनाइएको छ । घट्ना गत, शुक्रबारकै भए पनि मकवानपुर प्रहरीले सुचना लुकाएको कारण आज मात्रै घट्ना सार्वजनिक भएको हो ।
बालक हत्या घट्नाको अनुसन्धानका लागी प्रहरीले वाईबा र मृतक बालकका फुपुको छोरा २७ वर्षीय मंगलसिंह वाईबालाई गत, भदौ २२ गते पक्राउ गरेको थियो । पक्राउ परेपछि सुवासले बालकको हत्या गरेको स्वीकारेका थिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
ट्याग : ##बागमती_प्रदेश #नेपालप्रहरी #मकवानपुर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्