स्वास्थ मापदण्ड अपनाउदै तुम्लिङटार विमानस्थल संचालन
सोमबार बुद्ध र यति एयरले ३ उडान गर्यो ।
खाँदबारी, ५ असोजः लकडाउनको झन्डै सात महिना पछि संखुवासभाको तुम्लिङटार विमानस्थल सञ्चालनमा आएको छ । सोमबार बुद्ध र यति एयरले ३ उडान गरेको छ । बुद्धले काठमाण्डौ तुम्लिङटार, तुम्लिङटार विराटनगर र तुम्लिङटार काठमाण्डौ उडान गरेको छ । त्यस्तै यति एयरले काठमाण्डौ तुम्लिङटार काठमाण्डौ १÷१ उडान गरेको छ । स्वास्थ्य मापडण्डको पूर्ण पालना गरेर उडान सुरु गरिएको नागरिक उड्यान कार्यालय तुम्लिङटारका प्रमुख केशव लम्सालले बताउनुभयो । लम्सालका अनुसार एयरपोटको १ नम्बर गेटबाट यात्रुबाहेक अन्यलाई प्रवेश निषेध गरिएको छ ।
यात्रु र विमानका कर्मचारीका लागि पञ्जा, सेनिटाईजर, माक्स, फेस सिल्ड लगायतका स्वास्थ्य सामाग्री अनिवार्य गरिएको छ । ३ फिट दुरी कायम गरेर विमानस्थलको चेकपोष्ट र यात्रु सहायता कक्ष निर्माण गरिएको छ । चैत ११ पछि तुम्लिङटार विमानस्थल बन्द थियो ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

क्याटेगोरी : विशेष, समाचार
ट्याग : ##कोभिड१९, #corona update, #hot, #कोरोना भाइरस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्