सिलिचोङ्ग पहिरो पीडितलाई अरुण तेश्रोको १० लाख सहयोग
संखुवासभामा निर्माणाधिन ९०० मेघावाटको अरुण तेश्रो आयोजना एसएपिडिसी, जेपी एसोसियटर्स र पट्टेल ईन्जिीनियरिङ्गका कर्मचारीले सिसुवाका पहिरो पीडितलाई १० लाख रुपैयाँ सहयोग गरेका छन् । सिलिचोङ्ग गाउँपालिका १ को बेसिन्दाका पहिरो पीडितलाई एसएपिडिसी, जेपी एसोसियटर्स र पट्टेल ईन्जिीनियरिङ्गका कर्मचारीले १० लाख रुपैयाँ सहयोग गरेका हुन् । उक्त रकम कम्पनीका तर्फबाट एसजेपीडिसीका प्रतिनिधि आरसी सुलेरियाले प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यलाई हस्तान्तरण गर्नुभयो । प्रजिअ आचार्यले पनि चेक गाउँपालिका अध्यक्ष राम कुलुङ्गलाई हस्तान्तरण गर्नुभएको छ ।
प्रजिअ आचार्य र गाउँपालिकाका अध्यक्ष कुलुङ्गले यो रकमले पीडितलाई निक्कै राम्रो राहत मिल्ने बताउनुभयो । यो रकम गाउँपालिकाले निर्णय गरेपछि खर्च गर्ने पनि कुलुङ्गले बताउनुभयो । प्रजिअ आचार्य र अध्यक्ष कुलुङ्गले सहयोगी एसएपिडिसी, जेपी एसोसियटर्स र पट्टेल ईन्जिीनियरिङ्गका कर्मचारीलाई धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।
अरुण तेस्रोको प्रभावित क्षेत्र समेत रहेको सिलिचोङ्ग गाउँपालिका १ बेसिन्दा गाउँमा गएको असार २८ गते राति पहिरो गएको थियो । उक्त पहिरोले बेसिन्दाका ९ घर बगाएको थियो भने ११ जना बेपत्ता छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #अरुण तेश्रो, #पहिरो, #संखुवासभा, #सिसुवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्