टोखामा कोरोना बाट कति मृत्यु भए ? वडागत विवरण
शोभा तामाङ
काठमाडौं भदौ २८। टोखामा भदौ २३ गतेसम्म गरिएको PCR परिक्षणको नतिजा प्राप्त भएको छ। उक्त नतिजा अनुसार आज थप ४७ जना गरि जम्मा संक्रमितको संख्या ४२९ पुगेको छ। संक्रमितहरु आज १६ जना निको भइ सामान्य अबस्थामा फर्किएका छन्।
टोखा नगरपालिका भरीमा आजसम्म ३ जना कोरोना पोजेटिभ देखिएकाहरुको मृत्यु भएको छ भने २१२ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् । आज पहिचानमा आएका ४७ जना संक्रमितहरुको कन्ट्रयाक्ट ट्रसिङमा ३१ जना ब्यक्तीहरुको पहिचान गरिएको छ भने छिट्टै उहाँहरुको PCR परिक्षण गरिने भएको छ।
वडा-६ को मंगला देखि भवनमा १११ जना र वडा-८ को जालपा चोक पुस्तकालयमा १०० जना गरि जम्मा २११ जना कन्ट्रयाक्ट टेसिङमा पहिचान गरिएकाहरुको स्वाव संकलन गरिएको छ साथै टोखा-२ मा स्थापना गरिएको आइसोलेसन केन्द्रमा भदौ २६ गते १ जनालाइ रेफर गरिएको छ। जसबाट उक्त आइसोलेसन केन्द्रमा जम्मा १० जना संक्रमितहरु राखिएका छन्। विभिन्न वडाहरुमा हालसम्म PCR पोजेटिभ आएका संक्रमितहरु रहेको विवरणहरु टोखा नगरपालिका स्वास्थ्य निरीक्षक सन्तोष कुवरले बताउनु भयो।
वडा १-६ जना ,वडा २ -१३ ,जना वडा ३ -४०, जना वडा ४ -३४ जना, वडा ५ -४९ जना ,वडा ६-४७ जना, वडा ७-५५ जना वडा ८-४२ जना ,वडा ९-१७ जना ,वडा १०-४१ जना, वडा ११-५१ जना
क्याटेगोरी : समाचार
ट्याग : #hot, #टोखामा कोरोना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्