शिबपुरी गाउँपालिकामा ७ जनालाई कोरोना संक्रमण
नुवाकोट । शिबपुरी गाउँपालिकामा ७ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ ।
गाँउपालीकाको ६७ जनालाई पिसिआर टेष्ट गर्दा वडा नं १ मा १ जना, वडा नं ४ मा २ जना, वडा नं ५ मा ३ जना र गाँउपालीकाको एक जनालाई कोरोना संक्रमण पुष्टी भएको गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले साझापानालाई बताए ।
कोरोना सङ्क्रमण समुदाय स्तरमै फैलिइसकेको र नसकेको पहिचान गरी तत्काल कन्ट्याक्ट ट्रेसिङ्गमा सहयोग गरिदिनु हुनका लागी सम्बन्धित वडाका जनप्रतिनिधिहरुमा स्थानियले अनुरोध गरेका छन ।
पछिल्लो समय काठमान्डौबाट गाउँ फर्किने क्रम बढे संगै सो स्थानमा संक्रमण बढेको हो ।
यसै बिच शिवपुरी गाँउपालिकाले स्थानिय जनतालाई निशेधाज्ञा पालना गरी अत्याबश्यक काम बाहेक घर बाहिर बाहिर ननिस्कन अनुरोध गरेको छ ।
पछिल्लो २४ घन्टामा काठमाडौं २७०, ललितपुर ६६ र भक्तपुरमा ४१ जना संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको हो । २४ घन्टाको अद्यावधिक विवरण अनुसार बुधबार उपत्यकामा ३०१ जनामा कोरोना संक्रमण भएको थियो ।

क्याटेगोरी : समाचार
ट्याग : #शिबपुरी गाउँपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्