Techie IT
बिहीबार, फागुन १,२०८१

संखुवासभामा थपिए कोरोना संक्रमित, ३ प्रहरी सहित ४ जनामा कोरोना पुष्टि


संखुवासभामा थप ४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परिक्षणको क्रममा ४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । संक्रमण हुनेहरुमा ३ जना प्रहरीहरु रहेका छन् । केहि दिन अघि बिराटनगरबाट आएका उनीहरुलाई प्रहरी कार्यालयकै क्वारेन्टिनमा राखिएको थियो ।

त्यस्तै, खाँदबारी क्वारेन्टिनमा राखिएको एक पुरुषमा पनि कोरोना भाईरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ । उनी भारतबाट आएर सिधै खाँदबारी क्वारेन्टिनमा राखिएको थियो । संक्रमित सवैलाई आईसोलेसनमा राख्ने तयारी भईरहेको स्वास्थ्य कार्यालयका प्रबक्ता रोषन श्रेष्ठले जानकारी दिनुभयो ।

संखुवासभामा यस अघि पनि ४ जनामा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरुको उपचार हिमालय किरण पब्लिक क्याम्पसमा निर्माण गरिएको आईसोलेसन वार्डमा उपचार भईरहेको छ । हालसम्म बाहिरबाट आएकाहरुमा मात्र कोरोना संक्रमण देखिएकोले समुदाय स्तरमा फैलिनसकेको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ । समुदाय स्तरमा फैलन नदिन अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन स्वास्थ्य कार्यालयले अनुरोध गर्दै आएको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #breaking, #hot, #कोभिड १९, #कोरोना पुष्टि, #कोरोना संक्रमण, #कोरोना संक्रमित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
11°
Fair
6:41 am5:54 pm +0545