संखुवासभामा थपिए कोरोना संक्रमित, ३ प्रहरी सहित ४ जनामा कोरोना पुष्टि
संखुवासभामा थप ४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परिक्षणको क्रममा ४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । संक्रमण हुनेहरुमा ३ जना प्रहरीहरु रहेका छन् । केहि दिन अघि बिराटनगरबाट आएका उनीहरुलाई प्रहरी कार्यालयकै क्वारेन्टिनमा राखिएको थियो ।
त्यस्तै, खाँदबारी क्वारेन्टिनमा राखिएको एक पुरुषमा पनि कोरोना भाईरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ । उनी भारतबाट आएर सिधै खाँदबारी क्वारेन्टिनमा राखिएको थियो । संक्रमित सवैलाई आईसोलेसनमा राख्ने तयारी भईरहेको स्वास्थ्य कार्यालयका प्रबक्ता रोषन श्रेष्ठले जानकारी दिनुभयो ।
संखुवासभामा यस अघि पनि ४ जनामा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरुको उपचार हिमालय किरण पब्लिक क्याम्पसमा निर्माण गरिएको आईसोलेसन वार्डमा उपचार भईरहेको छ । हालसम्म बाहिरबाट आएकाहरुमा मात्र कोरोना संक्रमण देखिएकोले समुदाय स्तरमा फैलिनसकेको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ । समुदाय स्तरमा फैलन नदिन अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन स्वास्थ्य कार्यालयले अनुरोध गर्दै आएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #breaking, #hot, #कोभिड १९, #कोरोना पुष्टि, #कोरोना संक्रमण, #कोरोना संक्रमित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्