कोटेश्वरमा देखियो १३ जनामा कोरोना भाईरसको संक्रमण
गत साउन १८ गते कोटेश्वरको असर्फि टोलको एक किराना पसल सञ्चालक सहित चार जनामा गरिएको स्वाब संकलनमा कोरोना भाईरस पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा थप १३ जनामा कोरोना देखिएको छ । दैनिक उपभोग्य सामान खरिद गर्न आएका व्यक्तिहरुमा कोरोनाभाइरस संक्रमण भेटेपछि उक्त टोल सिल गरिएको छ।
आईतबार आएको रिपोर्टमा १३ जनामा संक्रमण देखिएको र उनिहरुमध्य १० जनालाई कीर्तिपुर र टेकुस्थित अस्पतालमा आइसोलेसनमा राखिएको वडा सदस्य हिरादेवी पोखरेलले दिएको जानकारी दिनुभएको छ। तीन जनालाई भने उनीहरूकै घरमा क्वारेन्टिनमा राखिएको हो।वडाको पहलमा एक सय ४० जनाको स्वाब संकलन गरी पठाईएकोमा १३ जनाको रिपोर्ट आईसकेको र अन्यको पनि आउने क्रम जारी रहेको उहाँले बताउनुभएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #corona update
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्