पर्सामा एकैदिन १३४ जनामा कोरोना संक्रमण
पर्सामा आज एकै दिन १३४ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। एकै दिन यति धेरै संख्यामा नयाँ संक्रमित थपिएको यो नै पहिलोपटक हो।
शुक्रबार बिहान वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। प्रहरी हिरासतमा रहेका थुनुवा, नेपाल प्रहरी, नेपाली सेना, चिकित्सक गरी थप १४२ जनामा संक्रमण पुष्टि भएकोमा तीमध्ये पर्साका मात्रै १३४ जना रहेको अस्पतालका डाक्टर मदन उपाध्यायले जानकारी दिए।
बाँकी ८ जनामध्ये बारा र रौतहटका ४ र ४ जना हुन्।यस्तै वीरगन्जस्थित चण्डी प्रसाद गणमा कार्यरत ५ जना सेना र ५ जना डाक्टरमा पनि संक्रमण पुष्टि भएको छ। वीरगन्ज महानगरपालिका २५ का २७ जना , वीरगन्ज १० का ११ जना , वीरगन्ज १३ का ४ जनामा पनि संक्रमण भेटिएको हो।
पर्सामा कोरोना संक्रमणका कारण अहिलेसम्म १९ जनाको मृत्यु भइसकेको छ। साउनमा मात्रै पर्सामा १५ जनाको मृत्यु भएको हो।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #corona update
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्