Techie IT
आईतबार, माघ ६,२०८१

सीतापाइलामा युवतीलाई एसिड हान्ने दुई भारतीय पक्राउ


काठमाडौं, ९ साउन । काठमाडौंमा बिहीबार राति यवुतीमाथि एसिड प्रहार गरेको अभियोगमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले बिहीबार राति घटना भएको तीन घण्टाभित्र दुई भारतीयलाई पक्राउ गरेको जनाएको छ ।

बिहीबार राति पौने ८ बजे रौतहट लक्ष्मीपुर घर भई डल्लुमा बस्दै आएका मोहम्मद आलम र उनको पसलमा कार्यरत भारतीय नागरिक मुन्ना महम्मदले एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।

मुन्ना महम्मद भारतको शिवरका हुन् । एसिड प्रहार गर्दा मुन्नाको हात समेत जलेको छ ।

प्रहरीले बाफल चोकमा जडान गरिएको सीसीटीभी फुटेज र फोनको रेकर्डबाट उनीहरूलाई पक्राउ गरेको थियो ।

घटना हुनुभन्दा केही घण्टा अघिबाट युवतीको मोबाइलमा ३७ पटक मिसकल आएको अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।

त्यसमध्ये आधाजसो मिसकल आलमको मोबाइलबाट गरेको पत्ता लागेको छ ।

घटनालगत्तै वरिपरिका सबै गौंडा र सडक बन्द गरेर अनुसन्धान सुरु भइसकेको र साँझ परेकाले आरोपित भाग्नसक्ने अवस्था थिएन ।

बिहीबार राति ११ बजे महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले एसिड प्रहार गर्नेमध्येका एकजना भारतीय नागरिक मुन्ना महम्मदलाई नियन्त्रणमा लिएपछि सबै कुरा खुलेको छ ।

मुन्नाको देब्रे हातमा एसिड छर्किने क्रममा छचल्किएर नाडी र पाखुरामा पोलेको छ ।

मुन्नाको बयानपछि उनका मालिक आलमलाई पनि प्रहरीले पक्राउ गरेको छ । मुन्नाले मालिकको आदेश मानेर युवतीलाई एसिड हानेको बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #युवतीलाई एसिड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
12°
Mist
6:53 am5:35 pm +0545