५ वर्षे गुरुयोजना नभएका जनप्रतिनिधिबाट विकासको आसा गर्न सकिन्न : प्रा.डा. केशवराज खड्का
३ साउन, काठमाडौं । मनमैजु सांस्कृतिक समाजको सञ्चार विभागले आजबाट तारकेश्वर विकासबारे मन्थन कार्यक्रम सुरु गरेको छ । प्रत्येक महिनाको पहिलो शनिबार निरन्तर कार्यक्रम गर्दै जाने योजना रहेको सञ्चार विभाग प्रमुख श्रीराम केसी फुटुंगेले बताउनुभयो । उनकाअनुसार समृद्ध तारकेश्वर निर्माणका लागि समाजका विशिष्ट व्यक्तिहरु ल्याएर तारकेश्वरको विकासबारे बृह्त छलफल गर्ने कार्यक्रमको मुल उद्देश्य रहेको छ ।
आजको कार्यक्रममा वत्ताको रूपमा विकास अर्थशास्त्री तथा प्राध्यापक डाक्टर केशवराज खड्काले स्थानीय क्षेत्रका विकासमा तारकेश्वर नगरपालिकाले आफैंले बनाएका योजनाहरुपनि पुरा गर्न नसकेको बताउनुभयो । स्थानीय तहको विकासका लागि ५ वर्षे गुरुयोजना नबनाई निर्वाचन जितेका जनप्रतिनिधिबाट जनताले विकासमा आसा गर्न नसकिने बताउनुभयो ।

गुरुयोजना नभएका जनप्रतिनिधिहरुलाई जनताले चिन्नुपर्ने बताउनुभयो । विकासमा तारकेश्वर नगरपालिका काठमाडौं जिल्लामा सबैभन्दा पछि परेको नगरपालिका हो । यस नगरपालिकामा आर्थिक वर्ष २०७६/७७ को विकास बजेट १६ प्रतिशत मात्र खर्च भएको छ । चालु खर्च (कर्मचारी तलब र भत्ता) मा करिव ८० प्रतिशतभन्दा बढि भएको छ । विकासको बजेट खर्च गर्न नसक्नुको कारण भनेको गुरुयोजना नभएर हो ।
कोरोना भाइरसबाट सुरक्षित रहन उहाँले इम्युनिटिपावर बढाउँदै लैजानका लागि मध्यम र निम्न वर्गिय जनताले आफ्नो दैनिकी खर्चबाट स्वास्थ्यका लागि बजेट छुट्याउँदै जानुपर्ने बताउनुभयो । कोरोना भाइरस महामारी तत्काल समाधान नहुने भन्दै यस भाइरसबाट सुरक्षित हुँदै दैनिकी कार्यमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा मनमैजु सांस्कृतिक समाजका पदाधिकारीहरु र तारकेश्वर पत्रकार मञ्चका कार्यसमिति सदस्यहरु र अन्य पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रचार विभाग प्रमुख श्रीराम केसी फुटुंगेले गर्नुभएको थियो भने सभापतिमा मनमैजु सांस्कृतिक समाजका अध्यक्ष धुर्वराज खड्का थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #केशवराज खड्का, #तारकेश्वर विकास
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्