टोखाको बजेट रु एक अर्ब ५८ करोड ४१ लाख
टोखा नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि रु एक अर्ब ५८ करोड ४१ लख ७७ हजारको बजेट प्रस्तुत गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकाले बुधबारको सातौँ नगरसभामा आगामी आवका लागि उक्त बजेट प्रस्तुत गरेको हो ।
नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले प्रस्तुत गर्नुभएको बजेटमा पूँजीगततर्फ रु एक अर्ब ४४ करोड र कार्यालय सञ्चालनको लागि रु १४ करोड १५ लाख रहेको छ । नगरपालिकाले प्रस्तुत गरेको बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । टोखाले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर बजेट विनियोजन गरेको हो ।
टोखाले प्रस्तुत गरेको बजेटमा स्वास्थ्यका लागि रु तीन करोड, शिक्षाका लागि रु एक करोड ६० लाख, कृषिलाई रु ५० लाख, महिला विकासका लागि रु ३० लाख, पशुसेवाका लागि रु ३० लाख, सहकारीका लागि रु ३० लाख रहेको छ । यस्तै, टोखाले चालु नगरका विकासका आयोजनाका लागि रु दुई करोड २५ लाख विनियोजन गरेको छ । बुधबारको नगरसभामा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखाको बजेट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्