विश्व किर्तिमानी संखुवासभाका पर्वतारोही मिङमा शेर्पा कांग्रेसमा प्रवेश
काठमाडौं- नेपाली काग्रेसका महामन्त्री शशांक कोइरालाले आगामि चुनावमा नेपाली काँग्रेस पहिलो पार्टि हुने दावी गर्नुभएको छ । लोकतन्त्र प्राप्तिदेखि अहिलेसम्म पनि विकासमा अग्रणी भुमिका निर्वाह गरेको बताउदै कोइरालाले देश समृद्ध बनाउन कांग्रेस नै चाहिने धारणा राख्नु भयो ।
संखुवासभा काठमाडौ सम्पर्क समितिद्धारा आयोजित कांग्रेस प्रवेश कार्यक्रममा महामन्त्री कोइरालाले अव युवाहरुको पहिलो छनौटको पार्टी कांग्रेस हुने बताउदै पार्टी प्रवेशको श्रृंखला निरन्तर रहने बताउनु भयो । सो कार्यक्रममा संखुवासभा जिल्ला मकालुका विश्व किर्तिमानधारी पर्वतारोही मिङमा शेर्पा लगायत पर्यटन व्यवसाय र पर्वतारोहण मा लागेका सात जनाले पार्टी प्रवेश गरेका छन् । कार्यक्रममा सहमहामन्त्री प्रकाशशरण महतले नेकपाको गलत रवैयाका कारण देश पछि परेको धारणा राख्नु भयो ।
केन्द्रिय सदस्य मिनेन्द्र रिजालले सरकार बेसार र तातो पानिको कुरामा अल्झिएको बताउदै विकास र समृद्धीबाट विमुख हुनपुगेको दावी गर्नुभयो । कार्यक्रममा केन्द्रिय सदस्य गगन थापाले कोरोनाको महामारीबाट बच्न गर्नुपर्ने तयारीमा सरकार चुकेको बताउनु आरोप लगाउनु भयो । सरकार अनियमितता र भ्रष्टाचारमा लिप्त हुदा कोरोना नियन्त्रणमा उल्लेख्य भुमिका निर्वाह गर्न नसकेको बताउनु भयो ।
पार्टी प्रवेश गरेका पर्वतारोही मिङमा शेर्पाले कांग्रेसले मात्रै लोकतन्त्रको संरक्षण र देश विकास गर्नेमा आफु विश्वस्त रहेको बताउनु भयो ।
कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरी, पूर्वराज्यमन्त्रीहरु दिपक खड्का, तारामान गुरुङ, पूर्व सांसदहरु टंक राइ, पासाङ शेर्पा बिना पौडेल लगायतका नेताहरुले पार्टी प्रवेश गर्ने कार्यकर्ताहरुलाइ स्वागत गर्दै शुभकामना दिनुभएको थियो ।
क्याटेगोरी :
समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्