Techie IT
बुधबार, चैत्र १२,२०८१

बालाजुमा मिनिट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु


काठमाडौँ । काठमाडौँको बालाजुमा मिनिट्रक र स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको छ।

दुर्घटनामा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढाको ज्यान गएको महाशाखाले जनाएको छ।

बिहीबार राति गोगंबुबाट बालाजुतिर गइरहेको बा २ ख ५४ ८४ नम्बरको मिनिट्रक र ना ६५ प २००१ नम्बरको स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

मिनिट्रकका चालकलाई प्रहरीले पक्राउ गरेको छ।

घाइते भएका बुढाको ट्रमा सेन्टरमा र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति नै ज्यान गएको हो।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #बालाजुमा मिनिट्रक र स्कुटर ठोक्किँदा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Mist
5:59 am6:19 pm +0545