एनपीएल : चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य
काठमाडौँ, मङ्सिर १८ गते । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जितका लागि पोखरा एभेन्जर्सलाई एक सय ६२ रनको लक्ष्य दिएको छ ।
त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको चितवनले निधारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६१ रन बनाएको छ ।
चितवनका लागि रवि वोपराले ५१ रनको अर्धसतकीय इनिङ्स खेल्नुभयो । कप्तान कुशल मल्लले ३८ रन बनाउनुभयो ।चितवन लगातार दोस्रो जितको खोजीमा छ ।
चितवनले आफ्नो पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हराएको थियो । यता पहिलो खेलको पोखरा सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।
आजै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हराएको थियो ।
क्याटेगोरी : खेलकुद
ट्याग : ## breakingnews, #एनपीएल : चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्