तीनपोखरी कपको फाइनलमा सेकाहा र मकालु फ्रेन्डस भिड्दै
संखुवासभा, ३० पुस । संखुवासभामा जारी तीनपोखरी कप फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । मंगलबार सम्पन्न भएको दोस्रो सेमिफाइनलमा सेकाहा सामुदायिक क्लबले शीत्तलपाटी फुटबल क्लबलाई सडन डेथमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
खाँदबारी रंगशालामा भएको खेल निर्धारित समयसम्म गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले केही राम्रो मौका पाए पनि गोल गर्न सकेनन् । त्यसपछि भएको पेनाल्टी सुटआउट पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो । सडन डेथमा सेकाहा सामुदायिक क्लबले बाजी मार्दै १ – ० को कठिन जित निकालेको हो ।
पूर्वी नेपालका ८ टोली सहभागी प्रतियोगिताको फाइनल खेल माघ १ गते माघे संक्रान्तिको अवसरमा हुनेछ । उपाधिका लागि सेकाहा सामुदायिक क्लबले मकालु फ्रेन्डस क्लबसँग प्रतिस्पर्धा गर्ने आयोजक तीनपोखरी क्लबले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद २ लाख ५१ हजार र उपविजेताले १ लाख २१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । मंगलबार भएको सेमिफाईनल खेलमा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #खादबारी, #खेलकुद, #फुटबल तीनपोखरी कप, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्