बुढानीलकण्ठ नगरपालिकाको १२औं स्थापना दिवस विविध कार्यक्रम गरि सम्पन्न
काठमाडौँ, मंसिर १६ — बुढानीलकण्ठ नगरपालिकाको १२औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम मंगलबार नगरपालिकाको प्राङ्गण, हात्तीगाँडामा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता नगर प्रमुख मिठाराम अधिकारीले गर्नु भएको थियो भने प्रमुख अतिथि बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री माननीय जयराम थापा हुनुहुन्थ्यो। साथै राष्ट्रिय दलित आयोगका सदस्य माननीय सुन्दर पुर्कोटी, जिल्ला समन्वय समिति काठमाडौँका उपप्रमुख शान्ति पाण्डे, नगर उपप्रमुख अनिता लामा, प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तोला लगायत विशिष्ट अतिथिहरूको उपस्थिति उल्लेखनीय रह्यो।
कार्यक्रम राष्ट्रिय गानबाट प्रारम्भ गरिएको थियो। ज्ञात–अज्ञात शहीदहरूप्रति मौनधारण गरी सम्मान व्यक्त गरिएको कार्यक्रममा उपप्रमुख अनिता लामाले स्वागत मन्तव्य प्रस्तुत गर्नुभयो। प्रमुख अतिथि तथा अध्यक्षज्यूले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो। जुगल नवगुरुकुलका कक्षा ७ का विद्यार्थीहरूले स्वस्ति वाचन तथा बालउद्धार माध्यमिक विद्यालयका विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरे।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू — राष्ट्रिय स्वतन्त्र पार्टी बुढानीलकण्ठ नगर कमिटी कार्यवाहक सभापति राधा शाहज्यू, नेपाली कम्प्युनिष्ट पार्टीका बुढानीलकण्ठ नगर कमिटी अध्यक्ष भाइ नारायण श्रेष्ठज्यू, नेकपा एमाले बुढानीलकण्ठ नगर कमिटी अध्यक्ष प्रदीप डंगोलज्यूले शुभकामना मन्तव्य व्यक्त गरे।
गणेश माध्यमिक विद्यालयका विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुत गरेपछि पूर्व नगर प्रमुख उद्धव प्रसाद खरेलले शुभकामना मन्तव्य राख्नुभयो। विविध सांस्कृतिक प्रस्तुतिहरू क्रमबद्ध रूपमा सञ्चालन गरिँदा वातावरण उत्साहपूर्ण बनेको थियो।
यस अवसरमा साइकल र्यालीमा समन्वय गर्ने संस्थाहरूलाई प्रमाणपत्र, करदाता, उपभोक्ता समिति, निर्माण व्यवसायी तथा विभिन्न संघ–संस्थालाई सम्मान, नृत्यमा सहभागी विद्यालयहरूलाई प्रमाणपत्र वितरण, तथा नगरपालिकामा उत्कृष्ट सेवा दिने कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। साथै जुगल नवगुरुकुलका कक्षा ७ का विद्यार्थीबाट आकर्षक गजल प्रस्तुति समेत गरिएको थियो।

प्रमुख अतिथि माननीय जयराम थापाले नगरको विकास, सुशासन र सेवा प्रवाहमा बुढानीलकण्ठ नगरपालिकाले देखाएको प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा कार्य गर्न सरकार सधैँ साथमा रहने उल्लेख गर्नुभयो।
कार्यक्रमको अन्त्यमा नगर प्रमुख मिठाराम अधिकारीले अतिथि तथा सहभागीप्रति आभार व्यक्त गर्दै नगरको समृद्धि, सुशासन, सेवा विस्तार र नागरिकमैत्री कार्यशैलीलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रमुख अतिथि तथा विशेष अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो।
क्याटेगोरी : स्थानीय
ट्याग : #बुढानीलकण्ठ नगरपालिकाको उपत्यका विकास प्राधिकरणमा ( धर्ना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्