बाँदर र कृषकबीच सन्तुलन कायम गर्न विष्णु खड्काको जन्मदिनमा अनौठो प्रयास
जीवनराज दाहाल
(चैत्र २१, बर्दिवास)
अधिकांश व्यक्तिहरू आफ्नो जन्मदिन नाचगान, केक काट्ने र भोज आयोजना गर्दै मनाउने गर्छन् । तर, बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष तथा समाजसेवी विष्णु खड्काले भने यस वर्ष आफ्नो जन्मदिन फरक शैलीमा मनाएका छन् । उनले बर्दिवासदेखि पश्चिम लक्ष्मनिया क्षेत्रसम्म फैलिएको जङ्गलमा रहेका बाँदरहरूलाई झण्डै ३०० किलो फलफूल तथा खाद्यान्न वितरण गरेका छन् ।
उनले बाँदरहरूलाई सुन्तला, जुनार, स्याउ, अङ्गुर, केरा, आँप, भुजा, बिस्कुट लगायतका खाद्य सामग्री बाँडेका थिए । यस कार्यको मुख्य उद्देश्य बाँदर व्यवस्थापनप्रति समाज र सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु रहेको खड्काले बताए ।

उनका अनुसार पछिल्लो समय बर्दिवास नगरपालिकाको उत्तरी क्षेत्रमा बाँदर आतङ्क दिनप्रतिदिन बढिरहेको छ । बाँदरका कारण घरको करेसाबारी, खेतबारीमा लगाइएका अन्नबाली तथा फलफूल बगैंचामा क्षति पुग्ने गरेको स्थानीयले गुनासो गर्दै आएका छन् । पहाडी जिल्लाहरूमा बाँदर नियन्त्रणका लागि सरकारले विशेष बजेट छुट्याएझैँ बर्दिवास क्षेत्रमा पनि यसको व्यवस्थापनको आवश्यकताको महसुस खड्काले गरेका छन् ।
“बाँदरहरूको पनि बाँच्न पाउने अधिकार खोस्नु हुँदैन, तर मानिसहरूले सुरक्षित तरिकाले अन्नबाली उत्पादन गर्न पाउने वातावरण पनि हुनुपर्छ । सम्बन्धित निकायको ध्यानाकर्षण गराउन तथा समाधानको पहलका लागि मैले जन्मदिनलाई यस्तो नयाँ तरिकाले मनाउने निर्णय गरेको हुँ,” खड्काले बताए।

उनको यो कार्यले स्थानीयबासी र सरोकारवालाहरूलाई बाँदर व्यवस्थापनबारे सोच्न प्रेरित गर्ने विश्वास गरिएको छ ।

क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्