प्रदेशसभा अधिवेशन आह्वान
लेखनाथ, माघ ११ गते । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गते दिउँसो २ बजेबाट सुरु हुने भएको छ । गण्डकीका प्रदेश प्रमुख डिल्लाराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम शुक्रबार प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको हो ।
मङ्गलबारको मन्त्रिपरिषद् बैठकले माघ २१ गतेबाट हिउँदे अधिवेशन बोलाउने निर्णय गरी प्रदेश प्रमुख कार्यालयलाई पत्रचार गरेको थियो । अहिले गण्डकी प्रदेशसभाका विषयगत समितिहरुमा तीन विधेयक छलफलका क्रममा छन् ।
प्रदेश सभामा उपसचिव प्रेम सुवेदीले “गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक”, “गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” र “जिवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” छलफलका क्रममा रहेको जानकारी दिनुभयो । प्रदेश सभाको बर्खे अधिवेशन असोज ७ गते अन्त्य भएको थियो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #प्रदेशसभा अधिवेशन आह्वान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्