ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण
नेपालगन्ज, माघ ९ गते । केहीदिन यता बाँकेमा सुरु भएको शीतलहर र हुस्सुका कारण अत्यधिक जाडो बढेर जनजीवन प्रभावित बनेपछि जिल्लाका स्थानीय सरकारहरुले ज्येष्ठ नागरिकलाई न्यानो फाइबर सिरक वितरण गर्न थालेका छन् ।
सोही क्रममा चिसो अत्यधिक बढेकाले ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित भएको जनाउँदै बाँकेको बैजनाथ गाउँपालिकाले पालिकाभित्रका सात सय जना ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा र फाइबर सिरक वितरण गरेको छ ।
शीतलहरका कारण चिसो दिनदिनै बढ्दै गएपछि बैजनाथ गाउँपालिकाले ६९ र ७० वर्ष उमेर समूहका सात सय ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा र फाइबर सिरक वितरण गरेको बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले बताउनुभयो ।
उहाँले चिसोबाट ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित भएको जानकारी आएपछि विपन्न, अति विपन्न र अन्य सबै ज्येष्ठ नागरिकलाई न्यानो कपडा र फाइबर सिरक वितरण गरिएको जानकारी दिनुभयो ।
चिसोका कारण कुनै ज्येष्ठ नागरिकले ज्यान गुमाउनु नपरोस् भनेर न्यानो कपडा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अनुसार न्यानो कपडा वितरण कार्यक्रम बैजनाथ १ चिसापानी, २ डिगिया, ३ वैरहवा, ४ बानियाभार, ५ बनकटुवा, ७ पेडारी र वडा नम्बर ८ को कार्यालयमा आयोजित गरिएको थियो ।
कार्यक्रमहरुमा बैजनाथ गाउँपालिकाका अध्यक्ष शाही, उपाध्यक्ष निर्मला रोकाय, सामाजिक विकास समिति संयोजक भूमिसरा राना, महिला, बालबालिका र ज्येष्ठ नागरिक शाखा प्रमुख लक्ष्मी ज्ञवाली ढकाललगायतले न्यानो लुगा र सिरक वितरण गर्नुभयो ।
यसअघि चिसो बढ्दै गएपछि गाउँपालिकाले ठाउँ ठाउँमा निःशुल्क दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाइसकेको बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले बताउनुभयो ।
उहाँले बैजनाथ गाउँपालिकाले ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा र निःशुल्क स्वास्थ्य बिमा पनि प्रदान गर्दै आएको जानकारी सो अवसरमा दिनुभयो ।
केहीदिन यता बाँकेमा सुरु भएको शीतलहर र हुस्सुका कारण अत्यधिक जाडो बढेर जनजीवन प्रभावित बनेपछि जिल्लाका स्थानीय सरकारहरुले ज्येष्ठ नागरिकलाई न्यानो फाइबर सिरक वितरण गर्न थालेका छन् ।
सोही क्रममा चिसो अत्यधिक बढेकाले ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित भएको जनाउँदै बाँकेको बैजनाथ गाउँपालिकाले पालिकाभित्रका सात सय जना ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा र फाइबर सिरक वितरण गरेको छ ।
शीतलहरका कारण चिसो दिनदिनै बढ्दै गएपछि बैजनाथ गाउँपालिकाले ६९ र ७० वर्ष उमेर समूहका सात सय ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा र फाइबर सिरक वितरण गरेको बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले बताउनुभयो ।
उहाँले चिसोबाट ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित भएको जानकारी आएपछि विपन्न, अति विपन्न र अन्य सबै ज्येष्ठ नागरिकलाई न्यानो कपडा र फाइबर सिरक वितरण गरिएको जानकारी दिनुभयो ।
चिसोका कारण कुनै ज्येष्ठ नागरिकले ज्यान गुमाउनु नपरोस् भनेर न्यानो कपडा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अनुसार न्यानो कपडा वितरण कार्यक्रम बैजनाथ १ चिसापानी, २ डिगिया, ३ वैरहवा, ४ बानियाभार, ५ बनकटुवा, ७ पेडारी र वडा नम्बर ८ को कार्यालयमा आयोजित गरिएको थियो ।
कार्यक्रमहरुमा बैजनाथ गाउँपालिकाका अध्यक्ष शाही, उपाध्यक्ष निर्मला रोकाय, सामाजिक विकास समिति संयोजक भूमिसरा राना, महिला, बालबालिका र ज्येष्ठ नागरिक शाखा प्रमुख लक्ष्मी ज्ञवाली ढकाललगायतले न्यानो लुगा र सिरक वितरण गर्नुभयो ।
यसअघि चिसो बढ्दै गएपछि गाउँपालिकाले ठाउँ ठाउँमा निःशुल्क दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाइसकेको बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले बताउनुभयो ।
उहाँले बैजनाथ गाउँपालिकाले ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा र निःशुल्क स्वास्थ्य बिमा पनि प्रदान गर्दै आएको जानकारी सो अवसरमा दिनुभयो ।
क्याटेगोरी : समाज, स्थानीय
ट्याग : #ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा

तपाईको कमेन्ट लेख्नुहोस्