कर्णालीमा जन्म र मृत्युमा प्रभावकारी बन्दै ३० केजी चामल
कर्णालीमा सरकारले जन्म र मृत्युमा दिने चामल कार्यक्रम प्रभावकारी बन्दै गएको छ । मानिसको जन्म र मृत्युको समय त्यसै महत्त्वपूर्ण छ । कर्णालीमा भने सरकारले विपन्न परिवारलाई राहात होस्, जन्ममा खानाको आहारा प्रयाप्त होस् भन्ने उद्देश्यले यो कार्यक्रम सुरुवात गरेको छ ।
यो कार्यक्रममार्फत् धेरै विपन्न व्यक्तिहरुले सेवा लिएका छन् । हुने खानेहरु खासै आउदैनन् तर समस्या भएका व्यक्तिहरुले यो सेवा लिइरहेको बताइएको छ । सरकारले यस आर्थिक वर्षबाट २० केजीबाट बढाएर ३० केजी वितरण गर्दै आएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाका अनुसार आर्थिक वर्ष २०८०र०८१ मा भने ७९६ जनाले सेवा लिएका छन् । जन्ममा सेवा लिनेको सङ्ख्या ७३३ जना छन् भने मृत्युमा ६३ जनाले सेवा लिएका छन् ।
वि।सं २०७३ सालमा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको समयमा सरकारले साविक कर्णालीमा जन्म र मृत्युमा २० केजी निःशुल्क चामल दिने कार्यक्रमदे निरन्तरता पाइरहेको छ । कार्यालयका अनुसार चामल लिन आउनेलाई ज्याला समेत दिने सरकारको नियमानुसार काम भइरहेको छ ।
यसैगरी, जुम्लामा चालु आर्थिक वर्षमा एक सय ८९ जनाले जन्म र मृत्युमा चामल लिएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाका अनुसार चालु आर्थिक वर्ष २०८१र०८२ मा जन्ममा सेवा लिनेको सङ्ख्या १६४ र मृत्युमा सेवा लिनेको सङ्ख्या २५ रहेको छ ।
कार्यालय प्रमुख मनोज जोशीका अनुसार यस वर्ष साउनदेखि ३० केजी वितरण गरिँदै आएको छ । पहिले २० केजी थियो सरकारले यो आर्थिक वर्षबाट बढाएर ३० केजी जन्म मृत्युमा दिइरहेको उहाँले बताउनुभयो । यो आर्थिक वर्षमा दुई लाख ९८ हजार नौसय ५० को चामल वितरण गरिएको छ भने ८५ हजार पाँच सय रुपियाँ ज्याला रकम समेत दिइएको छ ।
प्रमुख जोशीले यस आर्थिक वर्षमा ३६ जनालाई एक हजारका दरले ३६ हजार, ७३ जनालाई पाँच सयका दरले ३६ हजार पाँच सय ज्याला समेत उपलब्ध गराएको जानकारी दिनुभयो । सरकारको यो कार्यक्रमले निकै सहयोग पुगेको स्थानीयले बताएका छन् । कार्यालयले सिञ्जा क्षेत्रलाई एक हजार र तातोपानी अन्य क्षेत्रलाई पाँच सयका दरले चामल लिन आउलेलाई ज्यालासहित उपलब्ध गराउँदै आएको जनाएको छ ।
कार्यालयमा सेवा लिन आएका जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर १ निवासी राजेन्द्र रोकायाले आफ्नो बच्चा जन्मेको हुँदा सरकारले दिने सेवा पाएकोमा खुशी व्यक्त गर्नुभयो । राजेन्द्र जस्तै दुई–चार जना दैनिक यो सेवा कार्यालयमा लिन आउने गरेको पाइएको छ ।
कार्यालयले जन्ममा अस्पतालको प्रमाणपत्र, जन्मदर्ता, वडाको सिफारिस र लिन आउनेको नागरिकताको प्रतिलिपी भएमा चामल दिइने र मृत्युमा मृत्युदर्ता वा वडाको सिफारिस आवश्यक पर्दछ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #कर्णालीमा जन्म र मृत्युमा प्रभावकारी बन्दै ३० केजी चामल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्