नगर खेलकुद अऋैं अगाडी बड्छ :- संयोजक खत्री
प्रदीप ढकाल ,भक्तपुर
असोज २२, मंगलबार
आउदैं गरेको वडा दशैं, शुभ दिपावली, नेपाल सम्वत तधा छठ पर्व – २०८१ को पावन अवसरमा चाँगुनारायण नगर खेलकूद बिकास समितिले शुभकामना आदान प्रधान कार्यक्रम आयोजना गरेको छ।
मंगलबार दिउसोँ चाँगुनारायण नगरपालिकाको हलमा भएको कार्यक्रममा संयोजक रघु खत्रीले नगर खेलकुदले प्राप्त गरेको उपलब्धिमा साथ दिनुहुने सम्पूर्ण सहयोगी हातलाई धन्यबाद ज्ञापन सहितशुभकामना व्यक्त गर्नुभयो।
शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला खेलकुद बिकास समिति पूर्व अध्यक्ष दिपक थापाले खेलकुद क्षेत्र अझैपनि उपेक्षित रहेको बताए। कार्यक्रममा नगर शिक्षा, युवा तथा खेलकूद शाखा अधिकृत रन्जना सापकोटा, नगरपालिका प्रशासन फाँटका अधिकृत सुरज पौडेल, जिल्ला खेलकुद बिकास समिति पूर्व अध्यक्ष दिपक थापा, नेपाल वेशबल तथा सफ्टबल सघं केन्द्रीय सदस्य रोशन थापा लगाएत विभिन्न खेलकूदका प्रशिक्षक लगायत खेलकूद प्रेमीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रम चाँगुनारायण नगर खेलकूद बिकास समिति संयोजक रघु खत्रीको अध्यक्षतामा भएको थियो भने कार्यक्रम संचालन नगर शिक्षा, युवा तथा खेलकूद शाखा प्राबिधीक सहायक अनुपा लामिछानेले गरेकी थिईन्।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्