गोर्खा क्योकुशिनकाइकन कराते खेलाडीहरू सम्मानित
प्रदीप ढकाल ,भक्तपुर
असार १७, सोमबार ।
भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं.८, थाकलमाठ स्थित श्री सरस्वति मा.बि. मा द गोर्खा क्योकुशिनकाइकन कराते खेलका खेलाडीहरू सम्मानित भएका छन्। हालै प्रकाशित एसइइ परिक्षाफलमा उत्कृष्ट अंङ्कका साथ सफल भएका सम्पुर्णलाई प्रशिक्षक तथा मात्सुशिमा क्योकुशिनकाइकन करातेका नेपाल स्थित डोजो अपरेटर रघु के.सी द्वारा जनहि नगद रू.१,१११/- सहितसम्मान गरिएको हो। उक्त डोजोबाट अनुप तिमल्सिनाले ए प्लस लेराएका छन् भने साजन दुलाल, प्रशान्त लामा, सुबोध पुरी र मुनादुलालले ए ग्रेड लेराइ उत्तीर्ण गरेका छन्। उनीहरु सबैले श्री सरस्वति मा.बि.बाट एसइइ दिएका थिए।
प्रशिक्षक केसीले बिद्यालय तह देखिनै खेलकुदको प्रशिक्षण गराउनुपर्ने अनि मात्र खेल बिकास र बिस्तारमा सहयोग पुग्ने बताउनु भयो।उनले स्वस्थ ब्यक्तिले नै सहजताका साथ अध्ययन गर्नसक्ने, क्षमता बिकास गर्नसक्ने भएकोले सबैमा खेलप्रति सकारात्मक भई ब्यक्तित्व बिकासमा लाग्नुहुन अनुरोध गर्नुभयो। कार्यक्रममा उत्कृष्ट र गुणस्तरीय शिक्षा दिइरहेको भक्तपुरको लोकप्रिय विद्यालयको रूपमा रहेको सरस्वति मा.बि. का विद्यालय ब्यबस्थापन समिति अध्यक्ष सञ्जिब पुरी र प्रधानाध्यापक टीका राम पाण्डेको समेत विशेष उपस्थिति रहेको थियो।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्