एमाले तारकेश्वर नगरकमिटिले जाजरकोट भूकम्प पिडितहरुलाई ६० ,००० सहयोग गर्ने
तारकेश्वर काठमाडौं । एमाले तारकेश्वर नगरकमिटिले जाजरकोट भूकम्प पिडितहरुलाई ६० ,००० सहयोग गर्ने निर्णय गरेको छ । आज पार्टी कार्यालय लामबगरमा बसेको नेकपा एमाले तारकेश्वर नगरकमिटिको बैठक सो निणर्य गरेको नगर कमिटिका अध्यक्ष बासु गौतमले बताउनु भयो ।
सो रकम प्रत्येक शाखा कमिटिबाट पाँच हजार र बाकी नगरकमिटिको तर्फबाट रकम संकलन गर्ने नगर कमिटिका अध्यक्ष गौतमले बताउनु भयो ।
बैठकमा मंसिर ७ गते काठमाडौंमा गर्न लागेको प्रदर्शनको तयारी ,संगठन सुद्धिकरण र आगामी कार्ययोजना , वडा कमिटि गठन पूर्न गठन , जिल्ला नगरअधिवेशनको पूर्व तयारी लगायतका बिभिन्न बिषयमा छलफल भएको नगर सचिव राजु तिमिल्सिनाले बताउनु भयो ।
सचिव तिमिल्सिनाका अनुसार सो सचिवालय बैठकमा पार्टीका पदाधिकारी, उपलब्ध सदस्यहरू, शाखा कमिटिका अध्यक्षहरु ,जनसंगठनका पदाधिकारी, प्रदेश , जिल्ला कमिटिका कमिटीका प्रमुखहरू लगायतलाई बोलाइएको छ।
समसामयिक राजनीति तथा राष्ट्रिय युवा संघ र अखिलले मंसिर ७ गते काठमाडौंमा गर्न लागेको प्रदर्शनको तयारीका सन्दर्भमा आजको बैठकमा छलफल भएको हो ।
बैठकमा अध्यक्ष बासु गौतम , प्रदेश सभासद अमन मास्के, एमाले काठमाडौ जिल्ला अध्यक्ष दिपक निरौला , पोलिटब्यूरो सदस्य एवं काठमाडौ जिल्ला ईन्चार्ज आनन्द पोखरेलको उपस्थीती रहेको थियो ।
एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघ र अखीलले यही मंसिर ७ गते भ्रष्टाचार, महंगी, अनियमितता तथा राज्यको अराजकता विरुद्ध काठमाडौंमा जनप्रदर्शन गर्दैछ।
.
क्याटेगोरी : स्थानीय
ट्याग : #एमाले तारकेश्वर नगरकमिटि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्