बुढानिलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि पुर्व जनप्रतिनिधिहरु संग सुझाव संकलन
बुढानिलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि पुर्व जनप्रतिनिधिहरु संग सुझाव संकलन गरेको छ।
२०७९ साल बैशाख ३० गते भएको निर्वाचनबाट निर्वाचित भए पश्चात दोश्रो पटक नीति तथा कार्यक्रम सहित बजेट निर्माण गर्न लागेको बुढानिलकण्ठ नगरपालिकाले २०७४ सालमा निर्वाचित भएका जनप्रतिनिधिहरु संग सुझाव संकलन गरेको हो।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी ,वडा नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ सहितको उपस्थिति रहेको सो सुझाव संकलन छलफल कार्यक्रममा २०७४ सालको निर्वाचनमा विभिन्न वडामा निर्वाचित अध्यक्ष तथा सदस्यहरुको उपस्थिति रहेको थियो।
बुढानिलकण्ठ नगरपालिकाको सभा हलमा भएको सो छलफलमा पुर्व जनप्रतिनिधिहरुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेस गर्नुपर्ने विभिन्न विषयहरुका वारेमा सुझाव प्रदान गरेका थिए। साथै छलफलमा सहभागीहरुले पुर्व जनप्रतिनिधिहरुको अनुभव आदान प्रदानको अवसर सिर्जना गरेकोमा नगरपालिकालाई धन्यवाद समेत दिएका थिए ।
क्याटेगोरी : स्थानीय
ट्याग : #बुढानिलकण्ठ नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्