जरङ्खुमा खुल्यो इलेक्ट्रोनिक्स सामानहरुको शोरुम, चाडपर्वमा विशेष अफर पाउने
काठमाडौं । युनिक इलेक्ट्रोनिक्स हाउसले आफ्नो शाखाको रुपमा तारकेश्वरको जरङ्खुमा शोरुम बिस्तार गरेको छ । नयाँ विस्तारित शोरुमको उद्घाटन आज मङ्गलबारबाट गरिएको छ । पछिल्ला बर्षहरुमा इलेक्ट्रोनिक्स सामानहरुको बजार बिस्तार हुँदै गएको र युवा पुस्ता बीच माग बढ्दै गएको स्थितिलाई विचार गरी आफूहरुले जरङ्खुमा शाखा बिस्तार गरेको युनिक इलेक्ट्रोनिक्स हाउसका प्रोप्राइटर सुर्य कुमार श्रेष्ठले बताएका छन् ।
विगत करिब डेढ दशक देखि इलेक्ट्रोनिक्स व्यवसायमा संलग्न रहँदै आएका श्रेष्ठले आफ्नो पहिलो व्यवसायको रुपमा शुरु गरेको शोरुम बालाजुको बाइपासमा सञ्चालनमा छ । नयाँ सञ्चालनमा आएको शोरुममा सबै किसिमका इलेक्ट्रोनिक सामानहरु एउटै छानामुनि उपलब्ध रहने श्रेष्ठले बताएका छन् । नेपालीहरुको नजिकिएको महान चाड बडा दशैं, दीपावली र छठको अवसर पारेर आफ्नो शोरुममा उपलब्ध टिभी, फ्रिज, वासिङ मेसिन, भ्याकुम क्लिनर लगायतका विभिन्न होम तथा किचन अप्लायन्सहरुमा विशेष सहुलियत तथा छुट उपलब्ध गराइने समेत श्रेष्ठले बताएका छन् ।
युनिक इलेक्ट्रोनिक्सले सिजी, एलजि, यसोदा, सामसुङ लगायत सबै ब्राण्डका घरायसी प्रयोजनका इलेक्ट्रोनिक्स सामानहरु उपलब्ध छन् । गोरखाबाट काठमाडौं आई व्यवसायमा जोडिएका श्रेष्ठ आगामी दिनमा बजारको माग अनुसार अन्य क्षेत्रहरुमा समेत आफ्नो शाखा बिस्तार गर्दै जाने बताउँछन् । काठमाडौं प्रवेश गर्दा साधारण अवस्थामा रहेका श्रेष्ठ निरन्तरको सङ्घर्ष एवं सकारात्मक सोचको कारण आफू एक डेढ दशकमा नै प्रतिष्ठित व्यवसायी बन्न सकेको दावी गर्छन् ।
साथै उनी व्यवसायमा नयाँ जोडिन चाहने व्यक्तिहरुलाई व्यवसायमा सफलता हासिल गर्नको लागि धैर्यता महत्वपूर्ण रहने सन्देश समेत प्रवाह गर्छन् । दशैं लक्षित गरी आफूहरुले नगद छुट तथा हरेक सामानमा कुनै न कुनै उपहारको व्यवस्था गरेको र ग्राहकहरुलाई बिक्री पश्चात्को सेवामा विशेष महत्व दिएको समेत श्रेष्ठ बताउँछन् । ग्राहकहरुलाई होम सर्भिसको व्यवस्था गरेका श्रेष्ठले आफ्नो शोरुमबाट बिक्री भएका सामानमा कुनै समस्या आइपरेको खण्डमा यथाशक्य छिटो मर्मत सेवा उपलब्ध गराउने समेत श्रेष्ठले बताएका छन् ।

क्याटेगोरी : स्थानीय
ट्याग : #जरङ्खुमा खुल्यो इलेक्ट्रोनिक्स सामानहरुको शोरुम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्