प्रदेश सांसदमा सिफारीस भएका युवा नेता को हुन बलराम ?
काठमाडौं – सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचन मिति घोषणा गरेसंगै काठमाण्डौ क्षेत्र न ६ ९ख० मा पनि नेकपा एमालेले उम्मेदवार बन्न चाहनेहरुको नाम सार्वजनिक गरेको छ । एमाले काठमाडौं जिल्ला कमिटी पदाधिकारी बैठकको निर्देशनअनुसार क्षेत्रीय कमिटी बैठकहरु बसेर नाम सिफारिस गरेको हो ।
काठमाडौं क्षेत्र नं। ६ ९ख० मा सांसद् पदका उम्मेदवारका लागि १३ जनाको नाम सिफारिस भएपनि सफल वडाअध्यक्ष तथा युवा नेता बलराम सिटौलाको भने चर्चा चुलिएको छ । एमालेका एक नेताले नाम नखुलाउने शर्तमा हामीलाई भने – १३ जना मध्ये सबैभन्दा योग्य नै बलराम सिटौला भएको बताएका छन् । उनैले टिकट पाउनेमा आशावादी भएको बताएका छन् । एमाले काठमाडौं क्षेत्र नं। ६ ले सिफारिस भएका १३ जना उम्मेदवारहरुका नाम यसप्रकार रहेका छन् ।
कृष्णप्रसाद अधिकारी, विश्वनाथ लामिछाने, सावित्रा शर्मा, रामबाबु पाण्डे, गोपाल सापकोटा, अमृत थापा, बलराम सिटौला, पूर्ण महर्जन, मञ्जरी शर्मा, माधवराज थापा, कृष्ण खत्री, सुरेन्द्र थापा, अमन कुमार मास्के रहेका छन् ।
को हुन् बलराम सिटौला ?
नुवाकोटको शिवपुरी स्थायी घर भएका बलराम सिटौला अहिले काठमाडौं तारकेश्वर वडा नं। ९ का स्थायी बासिन्दा हुन् । ३२ वर्षिय सिटौला स्थानीय सरकारको पहिलो कार्यकालमा सफल वडाअध्यक्षको रूपमा आफ्नो जिम्मेवारी बहन गरिसकेका छन् । सिटौलाले एमालेको विद्यार्थी संगठन अनेरास्ववियूबाट राजनीति सुरु गरेका सिटौला अहिले काठमाडौं जिल्ला क्षेत्र नं। ६ को ९ख० का उम्मेदवार हुन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित वडाअध्यक्ष सिटौलाले आफ्नो कार्यकाललाई सफलतापूर्वक सम्पन्न गरेका थिए । उनले स्थानीय तहको दोस्रो निर्वाचनमा प्रदेशमा जाने सोच बनाएपछि वडामा उम्मेदवारी नदिएर पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउन लागि परेका थिए । नेकपा एकालेको नगर कमिटि सचिवालय सदस्य तथा युवा इन्चार्ज हुन् ।
२०६४ सालमा युवा संघ बसपार्क कमिटी सचिव भई जिम्मेवारी बहन गरेका थिए । त्यस्तै २०६६ सालमा सरस्वती क्याम्पसमा अखिल फोर्सको अध्यक्ष भई जिम्मेवारी सफलतापूर्वक बहन गरेका थिए । २०६८ सालमा खेल्कुद महासंघ अन्तर्गत बक्सिङ संघको उपाध्यक्ष भई जिम्मेवारी बहन गरेका थिए ।
२०७२ सालमा तार्केश्वोर वडा नं। को ९ वडा कमिटी उपाध्यक्ष भई संगठन निर्माणमा सशक्त भूमिका निभाएका थिए । सक्रियतापूर्वक पार्टीमा काम गरेका कारण सिटौलाले २०७४ को स्थानीय तहको वडा अध्यक्षको टिकट हात पार्न सफल भएका थिए ।
राजनीतिसँगै व्यवसायमा पनि सिटौला संलग्न रहेका छन् । उत्पादन र व्यवसायमा संलग्न भई राजनीतिलाई समाज सेवाको रूपमा लिँदै आएका सिटौला सफल व्यवसायी समेत हुन् ।
क्याटेगोरी : स्थानीय
ट्याग : #बलराम\
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्