तारकेश्वरमा अन्तर विद्यालय तीज नृत्य प्रतियोगिता हुँदै
काठमाडौं । तारकेश्वर शैक्षिक मञ्चको आयोजनामा एक दिने अन्तर विद्यालय तीज नृत्य प्रतियोगिता हुने भएको छ । नर्थ भ्याली स्कुलमा हुने कार्यक्रममा तारकेश्वर शैक्षिक मञ्चमा आवद्ध १८ विद्यालयले सहभागिता जनाएको पत्रकार सम्मेलनमा अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो । तारकेश्वर शैक्षिक मञ्चमा २१ विद्यालय आवद्ध छन् । भोलीको तीज नृत्य प्रतियोगिताको जर्जमा राष्ट्रिय नाचघरबाट २ जनाको सहभागिता रहनेछ ।
चेलिबेटीहरुसँग सम्वन्धित यो चाड वर्षौ वर्षदेखि नेपालको मौलिक चाडको रूपमा मनाउँदै आएको हरितालिका तिजको उपलक्ष्यमा हरेक वर्ष तारकेश्वर शैक्षिक मन्चले तिज विशेष नृत्य प्रतियोगिता गर्दै आएको छ । यसपटक पनि टेफले आयोजना गर्न लागेको तिज विशेष प्रतियोगिताको लागि आयोजित पत्रकार सम्मेलनअनुसार हरेक स्कुलका कक्षा १० सम्मका विद्यार्थिहरुले कार्यक्रममा भाग लिन सक्ने जनाइएको छ । कार्यक्रममा भाग लिन आउँदा तिज विशेष भेषभुसासहित आफुले गर्न लागेको नृत्यको लागि स्वयम् गित उपलब्ध गराउनु पर्ने उल्लेख गरिएको छ ।
यसैबिच पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै तारकेश्वर शैक्षिक मन्चका अध्यक्ष नवराज न्यौपानेले नेपालको मौलिक कला संस्कृति बोकेको हरितालिका तीज विश्वमा नै आफ्नो छुट्टै पहिचान भएको कला संस्कृति अन्र्तगत पर्ने बताएका छन् । उनले आफूले विभिन्न मुलुकको संस्कारसंस्कृति रितीरिवाज परम्पराहरु नजिकबाट नियालेको तर नेपालको हरितालिका तीजमा धेरै विशेषता रहेको उल्लेख गरे ।
काठमाडौं जिल्ला प्यावसनका अध्यक्ष प्रेम राईको प्रमुख आतिथ्यतामा कार्यक्रम हुनेछ । कार्यक्रमबाट बिजेता प्रथम, द्धितिय, तृतिय र सान्तवनाका लागि मेडल, प्रमाणपत्र र ट्रफि प्रदान गरिनेछ । सहभागि विद्यालयहरुलाई पनि प्रमाणपत्र प्रदान गरिने आयोजकले पत्रकार सम्मेलन मार्फत् जानकारी दिएको छ । भोलीको कार्यक्रममा २०० भन्दा विद्यार्थीले सहभागिता जनाउनेछन् ।
तारकेश्वर शैक्षिक मञ्चले यसअघि पहिलोपटक रोजमेरी आइडल स्कुलमा गरेको थियो भने दोस्रोपटक जीवन ज्योती स्कुलमा कार्यक्रम सम्पन्न गरिसकेको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर शैक्षिक मञ्च
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्