भीमदत्त नगरपालिका साक्षर घोषणा
भीमदत्त नगरपालिकालाई आज साक्षर घोषणा गरिएको छ । नगरपालिकामा बसोबास गर्ने ९६ दशमलव ४३ प्रतिशत बासिन्दा अक्षर लेख्न र चिन्न सक्ने भएपछि नगरपालिकालाई साक्षर घोषणा गरिएको हो । साक्षरता घोषणाका लागि सूचक पूरा भएकाले साक्षर नगरपालिका घोषण गरिएको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले बताउनुभयो ।
उहाँका अनुसार नगरपालिकाभर रहेका १५ देखि ६० वर्ष उमेर समूहका कूल ७७ हजार ४७ जनसङ्ख्यामध्ये ७२ हजार ६३३ जना साक्षर छन् । नगरमा अब चार हजार ४१४ अर्थात् (५ दशमलव ७३) प्रतिशत मात्रै निरक्षर रहेका छन् । सरकारले साक्षरता घोषणाका लागि १२ वटा सूचक आधार बनाएको छ । शिक्षा शाखा प्रमुख जोशीका अनुसार नगरपालिकालाई साक्षरता अभियान सञ्चालनका लागि जनसङ्ख्याको घरधुरी सर्वेक्षण, सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीसँग छलफल, साक्षर भएका व्यक्तिहरूलाई साक्षरता प्रमाणपत्र वितरण लगायतका कार्य गरिएको हो ।
निर्धारण गरिएका राष्ट्रभाषा वा मातृभाषा बोल्न जान्ने, वर्ण वा अक्षरको पढाइ लेखाइ गर्न सक्ने, मोबाइल वा क्याल्कुलेटर चलाउन सक्ने, अङ्क चिन्न सक्ने वा ९ सम्मको अङ्क लेख्न वा पढ्न सक्ने, हिसाब राख्न सक्ने, सामाजिक कार्यक्रममा आफ्नो विचार वा परिचय राख्न सक्ने सूचकमध्ये ६ वटा पूरा भए साक्षर घोषणा गर्न सकिने व्यवस्था छ । नगर प्रमुख पदम बोगटीको अध्यक्षतामा सम्पन्न नगर साक्षर घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा, विशिष्ट अतिथि जिल्ला समन्वय उपप्रमुख रामकुमारी राना, नगर उप–प्रमुख नीलम लेखक जोशी, प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेलगायत उपस्थिति हुनुहुन्थ्यो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #भीमदत्त नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्