बिश्व बातावरण दिवसको अवसरमा टोखामा सरसफाई अभियान
टोखा । पृथ्वीको संरक्षण , दिगो प्रकृतिमैत्री जिवनयापन भन्ने मूल नाराका साथ टोखामा सरसफाई तथा सचेतना र्यालीको आयोजना गरिएको छ । टोखा नगरपालिकाको आयोजना तथा हिमालयन बातावरण संरक्षण प्रा.लि र बातावरण संरक्षण केन्द्रको सहजीकरणमा आयोजित सो कार्यक्रम ग्राण्डी अस्पताल नजिकको प्रहरीबिटमा राष्ट्रिय गान पश्चात् सडकमा रहेको फोहोर संकलन गरी मेयर प्रकाश अधिकारीले उद्घाटन गर्नुभउको थियो । तत्पश्चात ग्रीनल्यान्ड चोक हुंदै नगरपालिकाको कार्यलय परिसरमा पुगेर नगर प्रमुख प्रकाश अधिकारी र वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा वडा अध्यक्ष नरोत्तम रानाको सम्बोधन पश्चात् समापन भएको थियो।
कार्यक्रममा नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, नगरपालिकाका कर्मचारीहरु लगायत स्थानीय संघसंस्था, स्कुल र वातावरण अभियन्ताहरुको बाक्लो र सक्रिय सहभागिता रहेको थियो ।
विश्व वातावरण दिवस । सन् १९७२ मा स्विडेनको राजधानी स्टकहोममा मानव वातावरणसम्बन्धी संयुक्त राष्ट्र सम्मेलनको पहिलो दिनमा उक्त सभाले डिजाइन गरेको यो दिवस सन् १९७४ देखि ‘मात्र एक पृथ्वी’ वा वन्ली वन अर्थ नाराका साथ विश्वव्यापी उत्सव बन्यो ।
योसंयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रमअन्तर्गत सञ्चालित संसारमा मनाइने सबैभन्दा ठूलो वार्षिक कार्यक्रम हो, जसले मानिसहरूमा वातावरणीय चेतनालाई उजागर गर्ने कार्य गर्छ । यसको मुख्य उद्देश्य हाम्रो प्रकृतिलाई सुरक्षित राख्न जागरुकता बढाउनु र दिनहुँ बढिरहेका विभिन्न वातावरणीय मुद्दाहरूको सम्बोधन गरी स्वस्थ र सुरक्षित वातावरणका लागि विश्वव्यापी रूपमा मानिसहरूलाई प्रोत्साहन गर्नु हो ।
५ जुन अर्थात् विश्व वातावरण दिवस । सन् १९७२ मा स्विडेनको राजधानी स्टकहोममा मानव वातावरणसम्बन्धी संयुक्त राष्ट्र सम्मेलनको पहिलो दिनमा उक्त सभाले डिजाइन गरेको यो दिवस सन् १९७४ देखि ‘मात्र एक पृथ्वी’ वा वन्ली वन अर्थ नाराका साथ विश्वव्यापी उत्सव बन्यो ।
योसंयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रमअन्तर्गत सञ्चालित संसारमा मनाइने सबैभन्दा ठूलो वार्षिक कार्यक्रम हो, जसले मानिसहरूमा वातावरणीय चेतनालाई उजागर गर्ने कार्य गर्छ । यसको मुख्य उद्देश्य हाम्रो प्रकृतिलाई सुरक्षित राख्न जागरुकता बढाउनु र दिनहुँ बढिरहेका विभिन्न वातावरणीय मुद्दाहरूको सम्बोधन गरी स्वस्थ र सुरक्षित वातावरणका लागि विश्वव्यापी रूपमा मानिसहरूलाई प्रोत्साहन गर्नु हो ।
सन् १९९२ को रियो शिखर सम्मेलन र रियो प्लस २० वा रियो पृथ्वी सम्मेलन, २०१२ ले जन्माएको दिगो विकासका सिद्धान्तहरूलाई लक्ष्यका रूपमा हासिल गरी सबै प्रकारका गरिबी उन्मूलन गरी मानव पृथ्वी र समृद्धिका लागि एक समान न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने संयुक्त राष्ट्र संघको परिकल्पनालाई मूर्त रूप दिन पनि विश्व वातावरण दिवसले विशेष भूमिका खेल्छ । हरेक वर्षझैँ यस वर्ष पनि विश्व वातावरण दिवस, २०२० छुट्टै नाराका साथ आएको छ- ‘मनाऔँ जैविक विविधता’ वा सेलिब्रेट बायो डाइभर्सिटी ।
हालै ब्राजिल, संयुक्त राज्य अमेरिकादेखि र अस्ट्रेलियाको वन डढेलो, पूर्वी अफ्रिकादेखि भारतसम्मको सलह किराको आक्रमण र अहिले गुज्रिरहेको विश्वव्यापी रोग कोरोना महामारी जस्ता घटनाक्रमहरूले जैविक विविधतासँग मानव जीवनको परस्पर निर्भरता प्रमाणित गरिसकेका छन् । त्यस कारण हामीले यसमा काम गर्नु आवश्यक छ भनी संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमले सँगसँगै नारा पनि अघि बढाएको छ- ‘प्रकृतिका लागि समय वा टाइम फर नेचर ।
क्याटेगोरी : स्थानीय
ट्याग : #टोखामा सरसफाई अभियान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्