संस्कृत मावि तान्द्राङ गोरखामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
संस्कृत माध्यमिक विद्यालय भिमसेनथापा–३, तान्द्राङ गोरखामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । भिमसेनथापा गाउँपालिकाबाट चालु आर्थिक वर्षमा प्राप्त स्वीकृत कार्यक्रम अन्तरगत विद्यालयको घेराबार तथा खेल मैदानमा ब्लक लगाउने कार्यक्रमको लागि रु. ८ लाख प्राप्त भएको र विद्यालयको आफ्नै स्रोत १ लाख ६४ हजार ७१ रुपैँयाबाट निर्माण सम्पन्न भएको योजनाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालयका प्रधानाध्यापक श्याम प्रसाद लामिछानेले योजनाको आम्दानी खर्च प्रस्तुत गर्दै निर्माण सामाग्री खरिद रु. ३ लाख ८१ हजार ५ सय ५१, घेराबार सामाग्री रु. १ लाख १९ हजार ५ सय ९९ रुपैँया, स्टोन डस रु. २७ हजार १ सय २०, निर्माण ज्याला ४ लाख २९ हजार ५ सय र व्यवस्थापन खर्च रु. ६ हजार ३ सय गरी ९ लाख ६४ हजार ७१ को आम्दानी खर्च प्रस्तुत गर्नुका साथै सरोकारवालाहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो ।
व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर लामिछानेको अध्यक्षता रहेको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष केशरी प्रसाद खनाल लगायत शिक्षक, विद्यार्थी र अभिभावकहरुको सहभागिता रहेको थियो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #भिमसेनथापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्